2 years ago
May 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको दोस्रो लिग सुरु हुने दिन मंगलबार आधा भन्दा बढी क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन् ।
संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले मंगलबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई ९ क्लबको संयुक्त ज्ञापन पत्र बुझाएका थिए । एन्फा र लिगका सहभागी क्लबबीच भएको सम्झौता अनुसार काम जभएको ज्ञापनपत्र मार्फत माग राखिएको उल्लेख गरिएको छ ।
क्लबहरुले सम्झौता अनुसार लिग सन्चालन भइरहेको समयमा अघिल्लो वर्षको तयारी खर्च वापतको भुक्तानी हुन बाँकी ७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने सहमति भएपनि एन्फाले उपलब्ध नगराएकोले छिट्टो दिन माग गरेका छन् ।
लिगको दोस्रो चरणको लिग सन्चालनका लागि खेलाडीहरुलाई विश्रामको समय अपुग हुने र घाइते हुने सम्भावना बढी हुने देखिएकोले क्लबहरुसँग बैठक बसि नयाँ तालिका प्रकाशित गर्न क्लबहरुले माग गरेका छन् । लिगको पहिलो लेग आइतबार सम्पन्न भएको थियो भने दोस्रो लेगको खेल मंगलबारबाट सुरु हुँदैछ ।
लिगको पहिलो लेग सकिएर दोस्रो लेग सुरु हुनअघि नै यो वर्षको तयारी खर्चको दोस्रो किस्ता उपलब्ध गराउने भनिएपनि त्यो नभएकोले छिट्टो उपलब्ध गराउन क्लबहरुले माग गरेका छन् । पहिलो किस्तामा एन्फाले सहभागी प्रत्येक क्लबलाई १५ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
तयारी खर्च मध्ये अघिल्लो वर्षको रकम र यसवर्षको दोस्रो किस्ता उपलब्ध नभएकोले जारी लिगको समाप्तीपछि पनि पुरस्कार रकम प्राप्त हुनेमा अन्यौलता देखिएकोले त्यसमा पनि प्रष्ट पार्न क्लबहरुले एन्फासँग माग गरेका छन् ।
लिगमा सहभागी १४ मध्ये ३ विभागिय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ फुटबल क्लब) तथा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबका प्रतिनिधिको हस्ताक्षर छैन । बाँकी ९ क्लबका प्रतिनिधिको हस्ताक्षर रहेको छ ।
ज्ञापनपत्रमा हस्ताक्षर गर्नेमा संकटाका अध्यक्ष तुलाधर, मछिन्द्र क्लबका सचिव किरण मजर्हन, सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल राना मगर, हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पा, मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष विजय घले, थ्री स्टार क्लबका सह कोषाध्यक्ष देवेन्द्रलाल श्रेष्ठ, एनआरटीका महासचिव नरेन्द्रमान श्रेष्ठ र एफसी खुमलटारका विदुर श्रेष्ठ छन् ।
February 7, 2025
एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]
February 7, 2025
एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]
February 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार मातातिर्थको ब्राइट होराइजन चिल्ड्रेन्स होम विजयी भयो भने जवलाखेलको डिएभी सुशील केडिया स्कुल र कोहलपुरको नेपाल एपिएफ स्कुलबिचको खेल बराबरीमा टुंगिएको छ । ब्राइट होराइजनले कीर्तिपुरको बाघभैरव सेकेन्डरी स्कुललाई २-० ले हरायो। विजयी टोलीका कैलाश आले मगर र प्रवेश ठकुरीले गोल गरे। […]