2 years ago
May 1, 2023
सुबास हुमागाईं, काठमाडौं
सहिद स्मारक ए डिभिजन लिग २०७९ को पहिलो लेग सकिएको छ । विदेशी खेलाडीले उच्च प्रदर्शनका साथ लगातार प्रभाव जमाइरहँदा यसपटक तथ्यांकमा पनि त्यो देखिएको छ । सर्वाधिक गोलकर्ता सूचिको शीर्ष १० खेलाडीमा मात्र ३ जना नेपाली हुनुले पनि विदेशी खेलाडीको दबदबालाई प्रमाणित गरेको छ ।
हालसम्म ए डिभिजन लिगमा २ सय २१ गोल भएको छ । यसमध्य १ सय १४ गोल नेपाली खेलाडीले गरेका छन् । विदेशी खेलाडीको नाममा १ सय ५ गोल रहेका छन् । लिगमा २ गोल भने आत्मघाती गोल भएको छ । प्रतिशत हेर्दा ५२ प्रतिशत गोल मात्र नेपाली खेलाडीले गरेका छन् । हरेक टोलीले एक समयमा अधिकतम ४ खेलाडी उतार्न पाउने नियम छ ।
ए डिभिजनका १४ मध्य ७ क्लबमा नेपाली भन्दा विदेशी खेलाडीले बढी गोल गरेका छन् । त्रिभुवन आर्मी क्लब विदेशी खेलाडी नराख्ने एकमात्र क्लब । नेपाल एपिएफ क्लबमा कुल १३ गोलमा ७ गोल नेपाली र ६ गोल विदेशी खेलाडीले गरेका छन् । यसै सिजन विदेशी खेलाडी अनुबन्ध गर्न थालेको पुलिसमा ६ गोल विदेशी र ५ गोल नेपाली खेलाडीको नाममा छ ।
सर्वाधिक गोलकर्ता सूचीमा सातदोबाटो युवा क्लबका दीपक राज सिंह ठकुरी, फुटबल क्लब खुमलटारका मेसुके ओलोमोउ र जावलाखेल युवा क्लबका एनकोटो मासोआबीले १०-१० गोल गरेका छन् । मच्छिन्द्रका ओलावाले अफिज र फ्रेन्ड्सका रफिक अमिनुको नाममा ८-८ गोल छ । थ्री स्टारका अजायी मार्टिन्स र जावलाखेलका फोडे फोफानाले ७-७ गोल गरेका छन् । एनआरटीका संजिव विष्टले ६ गोल गर्दा मनाङ मर्स्याङ्दीका कोफी कोउडु र आर्मीका जिलेस्पी जंग कार्कीको ५-५ गोल छ ।
यसपटक आक्रमणमा मात्र होइन, गोलरक्षणमा पनि विदेशी खेलाडीले नै दबदबा कायम गरेका छन् । थ्री स्टारका गोलरक्षक मोहमद ताहाले ८ खेलमा क्लिन सिट राख्दा ६ गोल मात्र खाएका छन् । त्यस्तै चर्च ब्वाइज युनाइटेडका गोलरक्षक एभ्स प्रिसोले ७ गोल खाएका छन् भने ६ खेलमा क्लिन सिट राखेका छन् । त्यसपछि आर्मीका विकेश कुथुले ५ क्लिन सिट राख्दा मच्छिन्द्रका विशाल श्रेष्ठ र जावलाखेलका अनिश देउलाको ४-४ क्लिन सिट रहेको छ ।
असिस्टमा भने नेपाली खेलाडीले दबदबा कायम गरेका छन् । एपिएफका नविन लामा र थ्री स्टारका लाकेन लिम्बुले ४ असिस्ट दिएका छन् । शीर्ष १० मा ३-३ असिस्ट प्रदान गर्नेमा फ्रेन्ड्सका टोरिक जेब्रिन र खुमलटारका स्टेफान समिरबाहेक सबै नेपाली खेलाडी छन् ।
लिगमा १३ खेल सकिँदा मात्र १२ खेलाडीले पूरा समय मैदानमा बिताएका छन् । जसमा ४ जना विदेशी खेलाडी छन् ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]