default_image

1 year ago

May 1, 2023

जाेटाकाे गाेलमा लिभरपुलको रोमाञ्चक जित

258 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयमा पोर्चुगिज विंगर डिएगो जोटाले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित दर्ता गरेको छ । लिभरपुलले घरेलु मैदानमा टोटेनहम हटस्परमाथि ४–३ को रोमाञ्चक जित निकालेको हो ।

लिभरपुलको जितमा कर्टिस जोन्स, लुइस डियाज, मोहम्मद सलाह र डिएगो जोटाले गोल गरे । टोटेनहमका ह्यारी केन, ह्युङ मिन सन र रिचार्लीसनले गोल गरेपनि टोलीको हार टार्न सकेन ।

एक समय लिभरपुल ३–० को आरामदायी अग्रतामा रहेपनि टोटेनहमले खेललाई ३–३ गोलको बराबरीमा ल्याएपनि हार भने टार्न सकेन । एनफिल्डमा आइतबार राति भएको खेलको तेस्रो मिनेटमा नै कर्टिस जोन्सले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए ।

पाँचौं मिनेटमा लुइस डियाजले कोडी गाक्पोको पासमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । १५औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल ३–० को आरामदायी स्थितिमा अघि बढ्यो ।

४०औं मिनेटमा कप्तान ह्यारी केनले इभान पेरिसिसको पासमा गोल गर्दै टोटेनहमलाई खेलमा फर्कने संकेत दिए । ७७औं मिनेटमा सनले क्रिष्टियन रोमेरोको पासमा गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रिचार्लीसनले सनको पासमा गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसको एक मिनेटपछि नै जोटाले गोल गर्दै लिभरपुललाई ४–३ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित दिलाए ।

यस जितसँगै लिभरपुल ३३ खेलबाट ५६ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित टोटेनहम ३४ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.