default_image

8 years ago

January 6, 2017

वर्षको सर्वोत्कृष्ट टोलीमा मेस्सी, रोनाल्डो र ग्रिज्मन

88 views

0 Bookmark

एजेन्सी – युरोपियन फुटबल महासंघ (युइएफा)ले घोषणा गरेको साल २०१६को सर्वोत्कृष्ट टोलीमा मेस्सी. रोनाल्डो र ग्रिज्मन सहित स्पेनी लिगमा खेल्ने खेलाडीको बाहुल्य रह्यो। युइएफाले घोषणा गरेको टोलीमा इङ्गलिश प्रिमिएर लिगका कुनै पनि खेलाडी परेनन्।

uefa-toty

टोलीमा स्पेनिश ला लिगाको आठ खेलाडी सामेल छन् भने इटालियन दुइ र जर्मन लिगका एक खेलाडीको नाम रहेको छ। गोलकिपरमा युभेन्टसका जियानलुइजी बुफोन छन् भने डिफेन्समा रियल म्याड्रिडका सर्जियो रामोस, युभेन्टसका लिओनार्डो बोनुची, बार्सिलोनाका जेरार्ड पिके र बायर्न म्युनिखका जेरम बोटेंग रहेका छन्।

मिडफिल्डमा बार्सिलोनाका आन्द्रेस इनिएस्टालाइ रियल म्याड्रिडका टोनी क्रुस र लुका मोड्रीचले साथ दिएका छन्। आक्रमणमा भने अहिलेका उत्कृष्ट तिन मानिएका खेलाडीहरु लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो र एन्टोइन ग्रिज्मन रहेका छन्।

पूर्ण टिम यसप्रकार छ:

uefa-team-of-the-year

January 1, 2025

बुटवलमा इन्डो–नेपाल पुरुष भलिबल -उद्घाटन खेलमा पुलिसको‌ जित

सुमन अधिकारी, बुटवल मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा बुधवार बुटवलमा सुरु भएको “मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१” मा विभागिय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बुटवल उपमहानगरपालिका वडा नं. १० स्थित रामनगर खेल मैदानमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिस विजयी भएको […]

January 1, 2025

नेपालले फोर नेसन्स कप खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टाेलीले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार अर्को महिना नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने भएको हो । फोर नेसन्स कप फागुन ५ गतेदेखि १४ गतेसम्म हुनेछ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारको सहभागिता रहनेछ । […]

January 1, 2025

महिला लिगको अन्तिम चरण सुरु हुँदै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु बिहीवारबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन् । गत भदौ अन्तिममा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए । अन्तिम चरणका लागि छनोट भएको […]

Success

Thank you for your time.