default_image

1 year ago

April 30, 2023

ब्रुनोको गोलमा म्यानचेस्टरको जित

64 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लालाई पराजित गरेको छ ।

युनाइटेडले घरेलु मैदानमा भिल्लामाथि १–० को कठिन जित निकालेको हो । युनाइटेडको जितमा पहिलो हाफमा ब्रुनोले गरेको गोल नै निर्णायक बन्यो ।

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा ब्रुनोले ३९औं मिनेटमा गोल गर्न सफल भएका थिए । युनाइटेडले पाहुना टोलीलाई दवावमा राखेपनि थप गोल भने गर्न सकेन ।

यस जितसँगै युनाइटेड ३२ खेलबाट ६३ अंक जोडेर चौथो स्थानमा यथावत रहेको छ । पराजित भिल्ला ३४ खेलबाट ५४ अंक जोडेर सातौं स्थानमा छ ।

प्रिमियर लिग अन्तरगत नै आइतबार भएको अर्काे खेलमा न्यूक्यासल युनाइटेडले साउथह्याम्टनलाई ३–१ ले पराजित गरेको छ । न्यूक्यासलको जितमा कलुम विल्सनले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । साउथह्याम्टनका स्टुआर्ट आम्र्सट्रङले एक गोल फर्काए ।

यस जितसँगै तेस्रो स्थानमा रहेको न्यूक्यासलको ३३ खेलबाट ६५ अंक पुगेको छ । पराजित साउथह्याम्टन ३४ खेलबाट २४ अंक जोडेर पुछारमा छ ।

अर्काे खेलमा बर्नमाउथले लिड्सलाई ४–१ ले तथा म्यानचेस्टर सिटीले फुलहमलाई २–१ ले पराजित गरेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.