2 years ago
April 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रंगशालामा आइतबार मच्छिन्द्र फुटबल क्लब र सातदोबाटो युवा क्लबको खेल गोलरहित बराबरीमा सकिएको छ ।
निकै प्रतिस्पर्धात्मक दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । दोस्रो हाफमा मच्छिन्द्रले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित नै रहयो । यससँगै सातदोबाटो १३ खेलमा २२ अंक जोड्दै तेस्रो स्थानमा छ । मच्छिन्द्र १८ अंकका साथ सातौं स्थानमा छ ।
खेलको ७० औं मिनेटमा युता सुजुकीले गोल गर्ने सुवर्ण अवसर गुमाए । ओलावाले आफिजले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई अनमार्क रहेका युताले वन भर्सेस वनको अवस्थामा गोलरक्षक बिट गर्न सकेनन् ।
८२ औं मिनेटमा सातदोबाटोका गोलरक्षक निशान थापा मगरले उत्कृष्ट बचाउ गर्दै खेल गोलरहित राखे । विमल घर्ती मगरको प्रहारमा आएको बललाई अभिषेक गुरुङले हेडरमार्फत पोस्टको दिशा दिएपनि निशानले बचाए । त्यसअघि मच्छिन्द्रका कप्तान तथा गोलरक्षक विशाल श्रेष्ठले पनि ६ यार्ड बक्सभित्र विलियम ओपोकुको प्रहार बचाएका थिए ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]