2 years ago
April 30, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसी कर्नाटकले भारतीय महिला लिग (आईडब्ल्यूएल) मा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ ।
गुजरातको अहमावादस्थित आइतबार भएको खेलमा किकस्टारले ओडिसा एफसीलाई २–० गोल अन्तरले हराएको हो । ३६ औं मिनेटमा किओको एलिजावेथ कटुङ्वाले गोलमा किकस्टारले अग्रता लिएको थियो । ७३औं मिनेटमा लेशराम बिबिचा देवीले गोल गरेकी थिइन् ।
सरु पहिलो रोजाईमै खेलेकी थिइन् । रेनुका इन्ज्युरी समयमा मैदान प्रवेश गरेकी थिइन् । अघिल्लो खेलमा किकस्टार इस्टर्न स्पोर्टिङ युनियनसँग १–० ले पराजित भएको थियो ।समूह बीमा इस्टर्न ६ अंकसहित शीर्षस्थानमा छ । किकस्टार ३ अंकसहित पाँचौं स्थानमा छ । राष्ट्रियब टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा सम्मलित सुथु र अनिता बस्नेत सम्मलित लर्डस् एफए कोचीको पनि १ खेलमा समान ३ अंक छ ।
समूह एमा भने राष्ट्रिय टोलीकी सावित्रा भण्डारी सम्मलित गोकुलम केरेला एफसी ६ अंकका साथ शीर्षस्थानमा रहेको छ । सावित्राले गोकुलमको पहिलो जितमा ५ र दोस्रो जितमा ४ गोल गरेकी थिइन् । लिगमा समावेश १६ टोलीलाई दुई समूहमा विभाजन गरि राउन्ड रोविन लिगका आधारमा प्रतियोगिता भइरहेको छ । यसपटक भारतीय लिगमा नेपाली राष्ट्रिय टोलीका ६ खेलाडी सुरु र रेनुका एउटै र बाँकी अलग अलग क्लबबाट खेलिरहेका छन् ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]