default_image

2 years ago

April 30, 2023

संकटासँग जावलाखेल रोकियो

328 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुरुवाती अग्रता जोगाउन नसक्दा सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लब संकटा क्लबसँग बराबरीमा रोकिएको छ ।

जावलाखेल संकटासँग १–१ गोलको बराबरीमा रोकिएको हो । जावलाखेलका फोडे फोफानाले गोल गर्दा संकटाले निशान खड्काले बराबरी गोल फर्काए ।

च्यासल रंगशालामा शनिबार नै हुनुपर्ने खेल भारी वर्षाका कारण हुन नसकेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बाँकी समयको खेल आइतबार एन्फा कम्प्लेक्सको खेल मैदानमा गराएको थियो । तर, जावलाखेलले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन ।

खेलको ३३औं मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाएका थिए । ७३औं मिनेट निशान खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

मनिष डाँगीको ब्याक पासलाई निशानले गरेको क्रस दोस्रो बारको टप कर्नरमा गोलमा परिणत हुँदा जावलाखेलका गोलरक्षक अनिल देउलाले बचाउने कुनै अवसर नै पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यस बराबरीसँगै शीर्षस्थानमा रहेको जावलाखेलको १३ खेलबाट २४ अंक पुगेको छ । जावलाखेल दोस्रो स्थानको थ्री स्टारभन्दा २ अंकले अघि छ । थ्री स्टारको २२ अंक छ । जावलाखेललाई रोकेको संकटा १६ अंक जोडेर आठौं स्थानमा छ ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.