default_image

2 years ago

April 29, 2023

वर्षाले रोकिएको ‘ए’ डिभिजन लिगका दुई खेल भोली हुने

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारी वर्षाका कारण रोकिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत शनिबारको दुवै खेल भोलि (आइतबार) हुने भएको छ ।

भारी वर्षाका रंगशालामा हिमालयन शेर्पा क्लब र विभागीय त्रिभुवन आर्मी क्लबबीचको तथा च्यासलमा संकटा क्लब र जावलाखेल युथ क्लबबीचको खेल रोकिन पुगेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार रोकिएको दुई खेल रोकिएको समयबाटै आइतबार शुरु हुने बताएको छ । शेर्पा र आर्मीबीचको खेल सोमबार दिउँसो ४ः३० बजेपछि हुने एन्फाले जनाएको छ । यस्तै संकटा र जावलाखेलबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो १ बजेपछि हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयन शेर्पा क्लब विभागीय त्रिभुवन आर्मी क्लबबीचको खेल भारी वर्षापछि बल नै गुड्न नसक्ने भएपछि खेल रोकिन पुगेको थियो ।

खेलको ७२औं मिनेटम चलिरहँदा रेफ्री कविन व्यन्जनकारले खेललाई रोकेका हुन् । ७२औं मिनेटको खेलसम्म शेर्पा र आर्मीले १–१ गोलको बराबरीमा छ ।

खेलको ३६ सेकेन्डमा नै नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । जिलेस्पी जंग कार्कीले दुई डिफेन्डरलाई बिट गर्दै दिएको क्रसमा नवयुगले क्लोज रेन्जबाट हेडरमार्फत गोल गर्न सफल भए । जारी लिगमा यो सबैभन्दा छिटो गोल हो । यसअघि सातदोबाटोका दीपक राज सिंह ठकुरीले शेर्पाविरुद्ध नै ४६ सेकेन्डमा गोल गरेका थिए ।

२१औं मिनेटमा मुताम्वा पिस्टोनको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरिदा शेर्पा बराबरीबाट चुक्यो । २५औं मिनेटमा मिलन राईको वान भर्सेस प्रहारलाई गोलरक्षक विकेशले विफल पारे । २९औं मिनेटमा एबायोमी फकुन्लेको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहारलाई गोलरक्षक विकेशले पञ्च गर्दै बचाए ।

५५औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमा सिधै गोल गर्दै खेलर्ला १–१ गोलको बराबरीमा ल्याए । भरत चौधरीले सुशिल राईलाई फउल गरेपछि झन्डै ३५ यार्डमा प्राप्त फ्रिकिकमा विश्वासको प्रहार वान बाउन्स हुँदै गोलमा परिणत हुँदा आर्मीका गोलरक्षक विकेशले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

यस्तै च्यासल रंगशालामा संकटा क्लब र जावलादेल युथ क्लबबीचको खेल पनि रोकिएको छ । ५१औं मिनेटमा रेफ्री प्रज्वल क्षेत्रीले खेललाई रोकेका छन् ।

उक्त खेलमा जावलाखेल १–० ले अघि छ । ३३औं मिनेटमा फोडे फोफानाले जावलाखेलका लागि गोल गरेका थिए । उनले फ्रिकिकबाट आएको बललाई हेडरमार्फत सदुपयोग गरेका थिए ।

आज हुने दोस्रो खेल साँझ ६ः३० बजे हुनेछ । नियमित तालिका अनुसार खेल ६ बजेका लागि तय थियो ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.