2 years ago
April 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फुटबलर्स मिसन टुगेदरको दोस्रो साधारण सभाले अशोकरत्न बज्राचार्यलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । गत साता भएको साधारण सभाले अध्यक्षसहित सबै पदमा निर्विरोध चयन गरेको थियो ।
भिक्टोर शम्शेर जबरा, विज्ञानराज शर्मा, निरन्जन राणा, उपेन्द्रमान सिंह र सरिला श्रेष्ठ उपाध्यक्ष चयन भएका छन् । महासचिवमा धिरेन्द्र प्रधान, सचिवमा बालगोपाल महर्जन, हरि खड्का, कमला हिराचन, विराजजंग शाही कोषाध्यक्ष र अनिल गुरुङ सह कोषाध्यक्ष चुनिएका छन् ।
सदस्यमा राजु काजी शाक्य, राजेश मानन्धर, ज्ञानि राजा श्रेष्ठ, राकेश श्रेष्ठ,विराज महर्जन, अष्मिता मानन्धर, लुना प्रधान, लिला थापा, पवन राना मगर, हरि सुन्दर श्रेष्ठ र विकास मल्ल सदस्य चयन भएका छन् । त्यसअघि साधारण सभामा महासचिवले प्रगती विवरण र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारण सभाले सातै प्रदेशमा शाखा विस्तार गर्ने र कार्यक्रम सन्चालन गर्ने योजना पास गरेको छ ।
साथै साधारण सभाले भिक्टोर शम्शेर जबराको संयोजकत्वमा कार्यक्रम तथा योजना समिति, विज्ञानराज शर्माको संयोजकत्वमा सामाजिक उत्तर दायित्व समिति, वसन्तकुमार लामाको संयोजकत्वमा आर्थिक समिति, धिरेन्द्र प्रधानको संयोजकत्वमा प्रेस तथा पब्लिकेसन्स समिति गठन गरेको छ ।
फुटबलर्स मिसन टुगेदरले फुटबल खेलाडीका लागि एक लाख रुपैयाँको विमा, अन्तर्राष्ट्रिय खेलाडीका लागि कार्ड जारी गर्ने निर्णय गरेको छ । संस्थाले अच्युतकृष्ण खरेल, पदमकृष्ण श्रेष्ठ, मथुराप्रसाद श्रेष्ठ र विष्णुगोपाल श्रेष्ठ रहेको सल्लाहकार सम्मलित गठन गरेको छ । कार्यसमितिले मधुसुदन उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]