2 years ago
April 28, 2023
नेपालगन्ज (हाम्रो खेलकुद) – पुर्व राष्ट्रिय फुटबल खेलाडी विवेक जंग शाह (एमबीई) लाई बाँके जिल्ला फुटबल संघले सम्मान गरेको छ ।
शुक्रबार नेपालगन्जमा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाही, बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, फुटबल प्रशिक्षक सानु तामाङ, रबिन्द्र श्रेष्ठ लगायतले शाहलाई सम्मान गरेका थिए ।
उत्कृष्ट काम गरेका कारण शाह बेलायती महारानीबाट सम्मानित समेत भएका थिए । नेपालगन्जबाट फुटबल करियर सुरु गरेका शाहले २०५४ सालमा नेपालको यु–१६ फुटबल टिम, नेपालगन्ज–११ टिम र अन्य विभिन्न क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।
शाह अहिले बिट्रिस आर्मीमा क्याप्टेनका रुपमा कार्यरत छन् । शाहले भारतको बहराइचमा भएको स्टेट स्तरको फुटबल प्रतियोगितामा निर्णायक गोल गर्दै नेपालगन्ज–११ लाई उपाधि दिलाएका थिए ।
नेपालगन्ज उप–महानगरपालिका–०४ देवाफुलबारीका शाहले सन् २००१ मा भएको तत्कालिन राजा विरेन्द्रको शुभजन्मोत्सवमा हुने बर्डे कपमा नेपालगन्ज–११ को तर्फबाट जावलाखेल फुटबल क्लबलाई हराएर क्वारटरफाइनलमा पुग्दा निर्णायक गोल गरेका थिए । नेपालगन्जलाई आधा दर्जन महत्वपुर्ण प्रतियोगितामा सफलता दिलाउने खेलाडीमा पर्छन् शाह ।
फुटबल करियरमा बाँके जिल्लाको प्रतिष्ठालाई बढाउने काम गरेकोले यस क्षेत्रका लागि विवेक प्रतिष्ठित व्यक्ति भएको एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले बताए ।
उनले भने,‘विवेक बाँके जिल्लाको फुटबल इतिहासमा एउटा उदाहरणीय खेलाडी हुन् । उनले बेलायतमा गएर पनि आफनो देश र जिल्लालाई गर्व हुने सफलता हासिल गरेका छन् । एउटा खेलाडीले यो स्तरमा सफलता प्राप्त गर्नु फुटबल परिवारका निम्ति गर्वको विषय हो ।’
शुक्रबार बाँके जिल्ला फुटबल संघका पदाधिकारी र पुर्व राष्ट्रिय खेलाडी शाहका बिच बाँकेको फुटबल विकास गर्ने बारेमा छलफल भएको छ ।
नेपालगन्जमा आउँदा फुटबल संघका पदाधिकारीहरुसँग भेट्न पाउँदा खुसी लागेको शाहले बताए । बाँके जिल्ला फुटबल संघले चौथो नेपालगन्ज गोल्ड कप र बालबालिकाहरुको लागि ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको छ ।
त्यसमा शाहले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सम्मान कार्यक्रममा ब्रिटिस आर्मी समिर मल्ल, बाँके जिल्ला फुटबल संघका सदस्य ईश्वर चन्दको पनि उपस्थिती रहेको थियो ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]