2 years ago
April 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीले एएफसी यू–१७ महिला एसियन कप छनोट शुक्रबार जोर्डनमाथि सानदार जित हासिल गरेको छ ।
समूह चरणको दोस्रो तथा आफ्नो अन्तिम खेल घरेलु टोली जोर्डनलाई ४–१ ले हराउँदै नेपालले छनोटको अघिल्लो चरण पुग्ने संभावना जीवित राखेको छ । समूहमा ३ टोलीको रहेका छन् ।
समूह चरण ‘एच’को अन्तिम खेलमा जोर्डनले इरानलाई हराएको खण्डमा मात्र नेपाल अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ । त्यो खेल बराबरी वा इरानले जितेमा नेपाल अघिल्लो चरण जाने छैन । समूहको विजेता टोली अघिल्लो चरणमा प्रवेश गर्नेछ । पहिलो खेलमा नेपाल इरानसँग १–० ले पराजित भएको थियो ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]