2 years ago
April 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत न्यु रोड टिम (एनआरटी) ले थ्री स्टार क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एनआरटीले १-० को जित दर्ता गर्दै रेलिगेसन क्षेत्रबाट ३ अंकको दुरी कायम गर्यो । पहिलो हाफमा थ्री स्टारका सन्तोष साहुखलले पेनाल्टी चुकाउँदा संजिव विष्टले गोल गर्दै एनआरटीलाई अघि बढाएका थिए । सोहि गोल खेलमा निर्णायक सावित भयो ।
यस नतिजासँगै एनआरटी अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । एनआरटीको १३ खेलमा ४ जित, ४ बराबरी र ५ हारसँगै १६ अंक रहेको छ । यता थ्री स्टारले शीर्षस्थानमा उक्लने अवसर गुमायो । दोस्रो स्थानमा रहेको पाटने टोली २२ अंकका साथ जावलाखेलभन्दा १ अंकले पछि छ ।
खेलको ३३ अौं मिनेटमा थ्री स्टारले पेनाल्टीको अवसर पायो । पिटर सेगुनले मिडफिल्डबाट आफैं बढाएको बललाई पेनाल्टी क्षेत्र भित्र लग्दा गौरव श्रेष्ठले फल गरेपछि रेफ्री विश्वास कार्कीले पेनाल्टी दिए । सन्तोष साहुखलले गोलरक्षक सन्तोष महतलाई गलत दिशामा पठाएपनि उनको प्रहार पोस्टभन्दा बाहिर गयो ।
अर्कोतर्फ ३७ अौं मिनेटमा एनआरटीले अग्रता लियो । छोटो फ्रिकिकपछि सरोज तामाङको शक्तिशाली प्रहारलाई गोलरक्षक मोहमद ताहाले विफल पारे । तर उक्त बचाउबाट आएको रिबाउन्डलाई संजिव विष्टले गोलमा परिणत गरे ।
६७ अौं मिनेटमा थ्री स्टार बराबरी गर्नबाट बञ्चित भयो । सन्तोष साहुखलको फ्रिकिकमा गोलरक्षक सन्तोष महतले उत्कृष्ट बचाउ गरेपछि उक्त रिबाउन्डलाई दिपेश गुरुङले पोस्टको दिशा दिन सकेनन् ।
इन्ज्युरी समयमा थ्री स्टारको बराबरी गोलसामु गोलरक्षक सन्तोष पुन: बाधक बने । उनले पेनाल्टी क्षेत्र बाहिर सन्नी व्यन्जनकारसँग ५०/५० ट्याकलमा बल जिते । त्यसपछि लगातार क्रसमा सन्तोष बिट भएपनि पिटर सेगुन र सन्नीले खाली पोस्टमा गोल गर्न सकेनन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]