2 years ago
April 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसनबाट जोगिने संघर्षमा रहेको नेपाल पुलिस क्लबले फुटबल क्लब खुमलटारलाई पराजित गरेको छ । दशरथ रंगशालामा विहीबार पुलिसले ३-१ को जित दर्ता गर्यो ।
विभागीय टोलीको जितमा अहमद हिजाजीले २ र मोजेस टुम ग्याबाले १ गोल गरे । सिजनको तेस्रो जितसँगै पुलिस १३ खेलमा १२ अंक जोड्दै पुछारमै अवस्थित छ । खुमलटार १३ खेलमा ४ जित र १ बराबरीसहित १३ अंकका साथ १२ औं स्थानमै छ ।
खेलको २७ औं मिनेटमा पुलिसका लागि अहमद हिजाजीले गोल गरे । कर्नरमा मोजेस ग्याबाको हेडर गोलरक्षक देव लिम्बुले बचाएपछि ६ यार्ड बक्सभित्रबाट हिजाजीले लिगको पहिलो व्यक्तिगत गोल गरे ।
५४ औं मिनेटमा खुमलटारका मेसुके ओलोमोउले बराबरी गोल फर्काए । पेनाल्टी क्षेत्रभित्र क्लियर हुन नसकेको बललाई मेसुकेले शक्तिशाली प्रहारमार्फत गोल गरे ।
८४ औं मिनेटमा मोजेसले पुलिसलाई अघि बढाए । सर्ज डिकाको पासलाई मोजेसले पेनाल्टी क्षेत्र बाहिरबाट गोलमा परिणत गरेका थिए । मिडफिल्डमा सान्विल डी कोस्टाले बल गुमाएपछि सर्जले पहिलो टचमै दिएको पासलाई मोजेसले सदुपयोग गरे ।
इन्ज्युरी समयमा पुलिसका हिजाजीले पेनाल्टीमा गोल गर्दै जित पक्का गरे । गोलरक्षक देव लिम्बूले लडाएपछि उनले पेनाल्टी पाएका थिए ।
यसअघि दिनको पहिलो खेलमा फ्रेन्ड्स क्लब र नेपाल एपिएफ क्लबले १-१ को बराबरी खेलेका थिए ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]