2 years ago
April 27, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभजन लिग जेठ २७ सम्पन्न गर्ने गरि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार खेल तालिका सार्वजनिक गरेको छ ।
१३ औं चरणको खेल सुरु हुने दिन एन्फाले १४ औं देखि २६ औं तथा अन्तिम चरणको खेल तालिका सार्वजनिक गरेको हो । वैशाख १७ गते मछिन्द्र क्लब र सातदोबाटो युथ क्लबबीचको प्रतिस्पर्धासँगै १३ औं चरणका खेल सकिनेछन् । एक दिनको विश्रामपछि वैशाख १९ बाट पुनः लिग सुरु हुने तालिका रहेको छ ।
१३ औं चरणको समाप्तीमा अंक तालिकाको शीर्षस्थानमा रहने र पुछारमा रहने टोलीबीच १४ औं चरणको पहिलो खेल वैशाख १९ गते एन्फा कम्प्लेक्समा हुने खेल तालिकामा उल्लेख छ । लिगको अन्तिम दिन जेठ २७ गते अन्तिम खेल १३ औं चरणको समाप्तीमा शीर्ष र दोस्रो स्थानमा रहेका टोलीबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ ।
फागुन १९ गते एफसी खुमलटार र फ्रेन्ड्सबीचको प्रतिस्पर्धासँगै यसपटकको लिगको सुरुवात भएको थियो ।१२ औं चरणको समाप्तीमा जावालखेल युथ क्लब २३ अंकका साथ शीर्षस्थानमा, थ्री स्टार क्लब (२२ अंक) दोस्रो, सातदोबाटो युथ क्लब (२१) तेस्रो र १९ अंकसहित त्रिभुवन आर्मी फुटबल क्लब चौथो स्थानमा छ ।
न्यूरोड टिम एनआरटी, खुमलटार र हिमालयन शेर्पाको समान १३ अंक छ । हिमालयन शेर्पा १३ औं र ९ अंक जोडेको नेपाल पुलिस क्लब पुछारमा रहेको छ । पहिलो लेगमा जस्तै दशरथ रंगशालासहित च्यासल र एन्फा कम्प्लेक्सको मैदानमा खेलहरु हुने एन्फाले जनाएको छ ।
सहिद स्मारक ए डिभिजन लिगको दोस्रो लेगको खेल तालिका
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]