default_image

2 years ago

April 27, 2023

रायो भालेकानोसँग बार्सिलोना स्तब्ध

370 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले रायो भालेकानोसँग हार बेहोरेको छ ।बार्सिलोना घरेलु टोली रायो भालेकानोसँग २–१ ले स्तब्ध बनेको हो ।

बार्सिलोनालाई हराउन रायो भालेकानोका अल्भारो गार्सिया र फ्रान्सिस्को गार्सियाले गोल गरे । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

म्याड्रिडमा बुधबार राति भएको खेलको १९औं मिनेटमा अल्भारो गार्सियाले गोल गरेपछि बार्सिलोना खेलमा १–० ले पछि पर्यो । उनले सर्जियो कामेलोको पासमा गोल गर्न सफल भएका थिए ।

५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायो भालेकानोलाई २–० ले अघि बढाए । ८३औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोनाले यस सिजन ला लिगामा तेस्रो हार बेहोर्न पुग्यो ।

यस हारका बावजुत शीर्षस्थानमा रहेको बार्सिलोनाको ३१ खेलबाट ७६ अंक पुगेको छ । बार्सिलोना अझै पनि शीर्षस्थानमा ११ अंकले अघि छ । दोस्रो स्थानको रियल म्याड्रिडको ६५ अंक छ । बार्सिलोनालाई हराएको रायो भालेकानो ४३ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।

ला लिगाकै अर्काे खेलमा एट्लेटिको मड्रिडले रियल मलोर्कामाथि ३–१ को पूनरागमन जित निकालेको छ । एट्लेटिकोको जितमा रोड्रिगो डि पउल, अल्भारो मोराटा र यान्निक कारास्कोले गोल गरे । मलोर्काका माटिजा नास्टासिसको गोल सान्त्वना बन्यो ।

यस जितले तेस्रो स्थानमा रहेको एट्लेटिकोले दोस्रो स्थानको रियलसँगको अंक दुरी २ मा छोट्याएको छ । एट्लेटिकोको ३१ खेलबाट ६३ अंक पुगेको छ । पराजित मलोर्का ४० अंक जोडेर ११औं स्थानमा छ ।

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.