default_image

1 year ago

April 27, 2023

युभेन्ट्सलाई हराउँदै इन्टर फाइनलमा

173 views

0 Bookmark

एजेन्सी – सिरी ‘ए’ प्रतिद्धन्द्धी युभेन्ट्सलाई पराजित गर्दै इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १–० को तथा समग्रमा २–१ को जित निकाल्दै इन्टर उपाधि नजिक पुगेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

मिलानोमा भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा फेडरिको डिमार्काेले गरेको गोल नै निर्णायक बन्यो । उनले १५औं मिनेटमा निकोला बरेल्लाको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको सुरुवातमै पछि परेको पाहुना टोली युभेन्ट्सले त्यसपछि बल पोसेसन राख्दै घरेलु टोलीमाथि दवाव बढाएपनि फिनिसिङमा चुक्दा नतिजा पनि सुम्पन बाध्य बन्यो ।

अब इन्टरले उपाधिका लागि २४ मेमा फियोरेन्टिना र क्रेमोनेसबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीले आज राति प्रतिस्पर्धा गर्दैछ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.