default_image

1 year ago

April 26, 2023

गोकुलमको जितमा सावित्रा ५ गोल

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा सम्मिलित गोकुलम एफसीले भारतीय महिला लिग (आइडब्लुएल) मा विजयी सुरुवात गरेको छ ।


सावित्राले एक्लैले ५ गोल गरेको खेलमा बुधबार गोकुलमले इस्ट बंगाललाई ८-२ ले हराएको छ ।
२२ मिनेट भित्रै ह्याट्रिक गरेकी सावित्राले दोस्रो हाफमा २ गोल थपेकी थिइन् ।

पहिलो गोल दोस्रो मिनेटमा गरेकी सावित्राले तेस्रो मिनेटमा अर्को गोल गरिन् भने २२ औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन्। उनले ७० औं मिनेटमा चौथो र पाँचौं गोल खेल सकिन एक मिनेट बाँकी रहँदा गरेकी थिइन्। त्यसबीचमा इन्दुले छैटौं मिनेटमा, ग्रेसले ७९ औं मिनेटमा र भिभियनले ८१ औं मिनेटमा गोल गरेकी थिइन्।

आजै अर्को खेलमा राष्ट्रिय टोलीकी रेखा पौडेलले गोल गरेको स्पोर्ट्स ओडीशाले भारतीय महिला लिग आइडब्लुएल हप्स फुटबल क्लबलाई ३-२ ले पराजित गरेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि रेखाले सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले ५१ औं मिनेटमा गोल गरेकी थिइन् । ५८ औं मिनेटमा मनिषा नायकले अग्रता दोब्बर पारिन् ।

७४ औं मिनेटमा हप्सको लागि शैलिजाले बराबरी गोल फर्काइन् । ८१ औं मिनेटमा रजनी बालाले गोल गर्दा खेल २-२ को बराबरीमा आएको थियो । तर वैकल्पिक खेलाडी अन्जुले इन्ज्युरी समयको पाँचौ मिनेटमा गोल गर्दै ओडीशाको जित पक्का गरिन् ।

लिगको अर्को खेलमा मिसाका युनाइटेडले माता रुकमणि फुटबल क्लबलाई २-० ले हराएको थियो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.