2 years ago
April 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा रहेको जावलाखेल युथ क्लबलाई रेलिगेसन क्षेत्रमा रहेको हिमालयन शेर्पा क्लबले हराएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा शेर्पाले जावलाखेललाई २-१ ले पराजित गरेको हो ।
शेर्पाको जितमा केन्याका फरवार्ड पिस्तोने मुताम्बाले दुई गोल गरे । दोस्रो हाफमा एन्कोटो मासोअबीले गोल गरेपनि जावलाखेलले नतिजा बदल्न सकेन । यस जितसँगै १३ अंक जोडेको शेर्पा लिगको १३ औं स्थानमै अवस्थित छ । तर टोलीले ११ औं स्थानको न्यु रोड टिम (एनआरटी) र १२ औं स्थानको एफसी खुमलटारसँग अंक बराबरी भने गरेको छ । जावलाखेल हारका बाबजुद १२ खेलमा २३ अंकका साथ शीर्षस्थानमा छ । दोस्रो स्थानको थ्री स्टारको २२ अंक छ ।
खेलको दशौं मिनेटमा मुताम्बाले सुरुवाती गोल गरेका थिए । उनले कर्नरमा आएको बललाई गोलमा परिणत गरेका थिए । १९ औं मिनेटमा मुताम्बाले नै अग्रता दोब्बर पारे । खामिर गिल्शान कान्दांग्वाले दिएको पासलाई नियन्त्रणमा लिँदै उनले पेनाल्टी क्षेत्र बाहिरबाट दोस्रो टचमा गरेको प्रहार गोलमा परिणत भएको थियो ।
दोस्रो हाफको ७२ औं मिनेटमा मासोअबीले गोल गर्दै खेलमा फर्कने संकेत दिए । उनले समिराज थोकरसँग वन टु पास खेल्दै आएको अन्तिम क्रसलाई पहिलो टचमै गोलमा परिणत गरे । इन्ज्युरी समयमा सिमान्त थापाको क्रसमा हिसुब थपलियाको हेडर पोस्टभन्दा थोरै माथिबाट बाहिरिंदा जावलाखेल अंक जोड्नबाट बन्चित भयो ।
यसअघि बुधबार नै रंगशालामा थ्री स्टार र संकटाको खेल गोलरहित बराबरीमा सकिएको थियो । उता च्यासल मैदानमा भने सातदोबाटो युवा क्लबले संकटा क्लबलाई ४-० ले हरायो ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]