2 years ago
April 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । थ्री स्टार र मछिन्द्रले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।
खेलको ४४औं मिनेटमा ओलावाले ओलाडिपो अफिजको पासमा चेन्चो ग्याल्सेनको प्रहार क्रसबारमा लागेर फर्कदा मछिन्द्र अग्रता लिनबाट चुक्यो । ४७औं मिनेटमा सन्तोष साहुखलको प्रहारले पोस्टको दिशा लिन सकेन ।
६८औं मिनेटमा थ्री स्टारले गोल गरेपनि रेफ्री प्रज्वल क्षेत्रीले गोललाई मान्यता दिएन । लाकेन लिम्बुको प्रहारलाई अफसाइड पोजिसनमा रहेका अजायी मार्टिन्सले फाइनल टच दिएका थिए ।
७०औं मिनेटमा निसेन सुब्बाको क्रसमा ओलावालेको हेडरलाई महेन्द्र कार्कीले हेडमार्फत नै क्लियर गदै थ्री स्टारको संकट टारे । लगत्तै अर्काेतर्फ सन्तोष साहुखलको पासमा दिपेश गुरुङले पेनालटी बक्सभित्र सुवर्ण अवसर पाएपनि उनको प्रहार आकासिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।
८४औं मिनेटमा चेन्चो ग्याल्सेनको फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक मोहम्मद ताहले पञ्च गर्दै बचाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा सौरभ लिम्बुको प्रहारलाई गोलरक्षक ताहले पञ्च गर्दै बचाए ।
यस बराबरीसँगै दोस्रो स्थानमा रहेको थ्री स्टारको १२ खेलबाट २२ अंक पुगेको छ । मछिन्द्रको १२ खेलबाट १७ अंक पुगेको छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]