default_image

1 year ago

April 26, 2023

स्पोर्ट्स ओडीशाको जितमा रेखाको गोल

314 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेलले गोल गर्दा स्पोर्ट्स ओडीशाले भारतीय महिला लिग (आइडब्लुएल) मा विजयी सुरुवात गरेको छ ।

हप्स फुटबल क्लबलाई ३-२ ले पराजित गर्दा रेखाले सुरुवाती गोल गरेकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि रेखाले सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले ५१ औं मिनेटमा गोल गरेकी थिइन् । ५८ औं मिनेटमा मनिषा नायकले अग्रता दोब्बर पारिन् ।

७४ औं मिनेटमा हप्सको लागि शैलिजाले बराबरी गोल फर्काइन् । ८१ औं मिनेटमा रजनी बालाले गोल गर्दा खेल २-२ को बराबरीमा आएको थियो । तर वैकल्पिक खेलाडी अन्जुले इन्ज्युरी समयको पाँचौ मिनेटमा गोल गर्दै ओडीशाको जित पक्का गरिन् ।

लिगको अर्को खेलमा मिसाका युनाइटेडले माता रुकमणि फुटबल क्लबलाई २-० ले हराएको थियो । आज साँझ हुने खेलमा सावित्रा भण्डारी सम्मिलित गोकुलम केरालाले इस्ट बंगालको सामना गर्नेछ । त्यस्तै मुम्बई नाइट्सले काहानी फुटबल क्लबसँग खेल्नेछ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.