2 years ago
April 26, 2023
एजेन्सी – अर्जेन्टिनी फरवार्ड भ्यालेन्टिन कास्टेलानोसको ह्याट्रिकसहित चार गोल मद्दतमा जिरोनाले स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई पराजित गरेको छ ।
जिरोनाले घरेलु मैदानमा रियलमाथि ४–२ को जित निकालेको हो । रियलका भिनिसियस जुनियर र लुकास भास्क्वेजले गोल गरेपनि हार टार्न सकेन ।
मोन्टिभिली स्टेडियम जिरोनामा मंगलबार राति भएको खेलको १२औं मिनेटमा भ्यालेन्टिनले मिगुइल गुइटेरेजको पासमा हेडमार्फत गोल गर्दै घरेलु टोली जिरोनालाई १–० को अग्रता दिलाए ।
२४औं मिनेटमा भ्यालेन्टिनले एर्नाउ मार्टिनेजको पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि रियल खेलमा २–० ले पछि पर्यो । ३४औं मिनेटमा भिनिसियसले मार्काे एसेन्सियोको पासमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।
४६औं मिनेटमा भ्यालेन्टिनले ह्याट्रिक पूरा गर्दा रियल खेलमा ३–१ ले पछि पर्यो । यसपटक भ्यालेन्टिनले यान काउटोका पासमा गोल गर्न सफल भएका थिए ।
६२औं मिनेटमा कास्टेलानोसले व्यक्तिगत चौथा गोल गरेपछि रियल खेलमा ४–१ ले पछि पर्दा खेलमा फर्कने सम्भावना टाढियो । कास्टेलानोस सन् १९४७ पछि स्पेनिस ला लिगामा रियलविरुद्ध चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । त्यसबेला एस्टेवान एचभेरियाले रियल ओभिडोबाट ७–१ को जितमा एक्लैले ५ गोल गरेका थिए ।
रियलविरुद्ध सन् २०१३ मा च्याम्पियन्स लिगमा बोरुसिया डर्टमुन्डले ४–१ को जित निकाल्दा सबै चार गोल रोबर्ट लेवान्डोस्कीले गरेका थिए ।
कोपा डेल रेको सेमिफाइनलमा रियल जारागोजाले ६–१ को जित निकालेको खेलमा डिएगो मिलिटोले चार गोल गरेका थिए । ८५औं मिनेटमा भिनिसियसको पासमा लुकास भास्क्वेजले गोल गरेपनि रियलको हार टार्न सकेन ।
जिरोनासँगको हारसँगै रियल म्याड्रिडको उपाधि जित्ने सम्भावना लगभग सकिएको छ । ला लिगामा अब ७ चरणको खेल बाँकी रहँदा रियल शीर्षस्थानको क्याटलान क्लब बार्सिलोनासँग ११ अंकले पछि छ । बार्सिलोनाले अझै एक खेल कम खेलेको छ ।
रियलको ३१ खेलबाट ६५ अंक छ । एक खेल कम खेलेको बार्सिलोनाको ७६ अंक छ । रियललाई हराएको जिरोना ३१ खेलबाट ४१ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]