2 years ago
April 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडलाइ पराजित गर्दै विभागीय त्रिभुवन आर्मी फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तेस्रो स्थानमा उक्लिएको छ ।
आर्मीले चर्च ब्वाइजलाई १–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । आर्मीको जितमा पहिलो हाफमा जिलेस्पी जंग कार्कीले गरेको गोल नै निर्णायक बन्यो । उनले १२औं मिनेटमा एकल प्रयासमा गोल गर्न सफल भएका थिए ।
खेलको नवौं मिनेटमा जोसपे बेम्पाको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरे । १२औं मिनेटमा जिलेस्पी जंग कार्कीले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए ।
कप्तान विवेक पौडेलको पासलाई सुशिल शाहबाट खोस्दै जिलेस्पीले सविन खड्कालाई बिट गर्दै सुन्दर फिनिस गरे । २४औं मिनेटमा आशिष चौधरीको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा चर्च ब्वाइज बराबरीबाट चुक्यो ।
२७औं मिनेटमा नवयुग श्रेष्ठ वान भर्सेस वानको अवस्थामा चुक्दा आर्मी अग्रता दोब्बर पार्नबाट चुक्यो । दिनेश हेन्जनको पासमा नवयुगले अफसाइड बिट ट्याप गर्दै बल अघि बढाएर गरेको प्रहारलाई चर्चका गोलरक्षक प्रिसोले दोस्रो प्रयासमा नियन्त्रणमा लिन सफल भए ।
४३औं मिनेटमा डिफेन्डर युद्ध शाही र गोलरक्षक विकेश कुथुबीच तालमेल नमिल्दा बेम्पाको प्रहारले विकेशले ब्लकसँगै क्लियर गरेपनि विकु राईले खाली पोस्टमा गरेको प्रहार थोरै बाहिरिदा चर्च बराबरीबाट चुक्यो ।
५१औं मिनेटमा आशिष चौधरीको क्रसमा रन्जित सिंह पान्द्रेको प्रहार आर्मीका डिफेन्डरले ब्लक गर्दा फर्किएको बललाई बेम्पाले प्रहार गरेपनि सदुपयोग हुन सकेन । ६१औं मिनेटमा कप्तान भरत खवासको प्रहार बाहिरियो ।
६९औं मिनेटमा सुवास गुरुङको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउँ गर्दा चर्च बराबरीबाट चुक्यो । ८०औं मिनेटमा जिलेस्पीको प्रहार सदुपयोग भएन । त्यसपछि थप गोल निस्कन नसक्दा आर्मी विजयी हुन सफल भयो ।
चर्चले भने लगातार दोस्रो हार बेहोर्न पुग्यो । सुरुवाती १० खेलसम्म अपराजित रहेको चर्च ११औं चरणमा जावलाखेल युथ क्लबसँग १–० ले पराजित भएको थियो ।
यस जितसँगै तेस्रो स्थानमा उक्लिएको आर्मीको १२ खेलबाट १९ अंक पुगेको छ । पराजित चर्च ब्वाइज चौथो स्थानमा झरेको छ । चर्चको १२ खेलबाट १८ अंक छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]