2 years ago
April 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लबले यो सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार पाँचौ हार बेहोरेको छ ।
एन्फा कम्प्लेक्समा विभागीय नेपाल पुलिस क्लबसँग १–० ले पराजित हुँदै मनाङले यो सिजनको लिगमा लगातार पाँचौ हार बेहोरेको हो । क्लब इतिहासमै मनाङको यो सबैभन्दा खराज नतिजा हो । यसअघि मनाङले लिगमा कहिल्यै पनि लगातार पाँचौ खेलमा हार बेहोरेको थिएन ।
एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा मनाङलाई हार चखाउन पहिलो हाफमा भारतीय फरवार्ड मोहम्मद आशिकले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।
पेनाल्टी बक्समा मोसेसलाई रन्दिप पौडेलले फउल गरेपछि प्राप्त पेनाल्टीमा मोहम्मद चुकेनन् । उनी लिगको डेब्युमै गोल गर्ने खेलाडी बने । पुलिसले त्यही अग्रतालाई जोगाउँदै मनाङलाई पाँचौं हार चखायो ।
सुरुवाती ७ खेलमा अपराजित रहेको मनाङले त्यसपछि पुलिससँगै सातदोबाटो, जावलाखेल, आर्मी र खुमलटारसँग हार बेहोर्यो ।
यस हारसँगै मनाङको १२ खेलबाट १५ अंकमा सीमित हुँदै आठौं स्थानमा यथावत छ । मनाङलाई हराएको पुलिस १२ खेलबाट ९ अंक जोडेर पुछारमा छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]