2 years ago
April 25, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ मा रोमाले एटलान्टासँग हार बेहोरेको छ । रोमा घरेलु टोली एटलान्टासँग ३–१ ले पराजित भएको हो ।
जिविस स्टेडियम बरगामोमा सोमबार राति भएको खेलमा एटलान्टाको जितमा मारियो पासालिस, राफयल टोलोई र टिअन कुपमेइनर्सले गोल गरे । रोमाका लोरेन्जो पेलिग्रेनीले एक गोल फर्काए ।
३९औं मिनेटमा मारियो पासालिसको गोलबाट एटलान्टाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । ७४औं मिनेटमा राफयल टोलोइले गोल गर्दै एटलान्टाको अग्रता दोब्बर पारे ।
८३औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोेल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ८४औं मिनेटमा टिअन कुपमेइनर्सले गोल गर्दै रोमालाई ३–१ को हार चखाए ।
यस जितसँगै एटलान्टा ३१ खेलबाट ५२ अंक जोडेर सातौं स्थानमा यथावत छ । पराजित रोमाले तेस्रो स्थानको युभेन्ट्ससँगको अंक बराबरी गर्ने मौका सँगै चौथो स्थानमा उक्लने अवसर गुमाएको छ । रोमाको ३१ खेलबाट ५६ अंक छ । समान ५६ अंक नै रहेपनि एसी मिलान गोल अन्तरमा अघि छ ।
February 5, 2025
हिमाल खरेल, भद्रपुर दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौता भएको छ । समझौतापछि अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- मछिन्द्र फुटबल क्लब पोखरामा जारी २४ औं आरा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा बुधवार भएको दोस्रो प्रि क्वाटरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लबलाई २-० गोल ले हराउँदै मछिन्द्र अन्तिम आठमा पुगेको हो। मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्य र स्टेफेन कामाहाले गोल गरे। दोस्रो दिन अर्को पूर्व विजेता […]
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]