2 years ago
April 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विदेशी फरवार्डद्धय एब्डोउ रमानी र अर्मान्ड विडोमको गोलमा विभागीय नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारलाई पराजित गरेको छ ।
एन्फा कम्प्लेक्सका सोमबार भएको खेलमा एपिएफले खुमलटारलाई २–० ले पराजित गरेको हो । एपिएफले पहिलो र दोस्रो हाफमा समान एक गोल गर्दै जित पक्का गरे ।
खेलको २६औं मिनेटमा एब्डोउ रमानीले गोल गर्दै एपिएफलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । बुद्धिमान राईको कट ब्याकमा उनले कुनै गल्ती गरेनन् ।
प्रतिस्पर्धात्मक खेलको ७०औं मिनेटमा अर्मान्डले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे । खुमलटारका गोलरक्षक राज कुमार लिम्बुले अघि बढ्दै गरेको क्लियरेन्स फितलो हुँदा अर्मान्डले उक्त बललाई भेट्दै गरेको प्रहारले खाली पोस्टमा जाली चुम्न पुगेको थियो । त्यसपछि गप गोल निस्कन नसक्दा एपिएफ विजयी हुन सफल भयो ।
यस जितसँगै एपिएफ १२ खेलबाट १७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित खुमलटार १२ खेलबाट १३ अंक जोडेर ११औं स्थानमा यथावत छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]