2 years ago
April 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुशासन समितिले यस सिजनको सहिद स्मारक ए डिभिजन लिगमा अनुशासन उल्लंघन गरेको आरोपमा साविक विजेता मछिन्द्र फुटबल क्लबसहित चार क्लबलाई कारवाही र एपिएफका अफिसियललाई ८ खेलको निलम्बन गरेको छ ।
समितिले मछिन्द्र, संकटा क्लब, एफसी खुमलटार र नेपाल एपीएफ फुटबल क्लबसँगै एपिएफका अफिसियललाई विभिन्न खेलमा अनुशासन उल्लंघन गरेको भन्दै कारवाही गरेको एन्फाले जनाएको छ ।
समितिले संकटा, मछिन्द्र र खुमलटार क्लबलाई समान १० हजार रुपैयाँ तथा एपीएफलाई ५ हजार जरिवाना गरेको हो । यसैगरी एपीएफका अफिसियल जिवेश पाण्डेलाई ८ खेलको प्रतिबन्ध र १० हजार जरिवाना सुनाएको छ ।
समितिले अप्रिल १६ (म्याच ६०) मा एपीएफ फुटबल क्लबसँगको खेलमा ढिलाइ गरेको भन्दै समितिले संकटालाई १० हजार जरिवाना गरेको हो । गोलकिपरको जर्सीलाई लिएर भएको विवादले खेलको सुरुवात २६ मिनेट ढिलो गरी सुरु भएको थियो ।
सोही खेलको दोस्रो हाफ दुई मिनेट ढिलो गरेको भन्दै समितिले एपीएफ फुटबल क्लबलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । एपीएफ क्लबका अधिकारी जिवेश पाण्डे पिचमा प्रवेश गरेपछि खेल ढिलो सुरु भएको थियो ।
यस्तै समितिले अप्रिल १९ (म्याच ६७) मा मछिन्द्रविरुद्धको खेल फोर्थ अफिसिलय ज्ञानबहादुर मोक्तानलाई हातपात गरेकोमा एपीएफका अफिसियल पाण्डेलाई पनि ८ खेलको निलम्बन र १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
पाण्डेले खेलपछि फोर्थ अफिसियललाई हातपात गरेका थिए र फिफा डिसिप्लिन कोड च्याप्टर (२), दफा (१एल) बमोजिम कारबाही गरिएको एन्फाले जनाएको छ ।
समितिले गत अप्रिल ११ मा मच्छिन्द्र फुटबल क्लबसँगको खेलपछि ड्रेसिङ रुममा रहेका कुर्सी तोडफोड गरेको भन्दै एफसी खुमलटारलाई १० हजार जरिवाना समेत गरेको छ । च्यासल रंगशालामा भएको खेलमा खुमलटार डिफेन्डिङ च्याम्पियनसँग ७–३ ले पराजित भएको थियो ।
यस्तै अप्रिल १५ (म्याच ५८) मा न्युरोड टिम (एनआरटी) सँगको खेलपछि रेफ्रीमाथि आक्रमण गर्ने प्रयास गरेको आरोपमा मछिन्द्रलाई पनि १० हजार जरिवाना पनि गरिएको छ । एनआरटीसँगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]