default_image

1 year ago

April 24, 2023

एन्फाले एकेडेमी फि नतिर्दा स्कुलबाट विद्यार्थी निकालिए

279 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमी फि नतिर्दा तीन विभागीय टोलीमध्य नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबको स्कुलमा अध्ययनरत विद्यार्थी एकेडेमी र विद्यालयबाट निकालिएका छन् ।

एन्फाले २०७७ सालमा खुला छनोटबाट तीन विभाग पुलिस, आर्मी र एपिएफलाई पूर्ण छात्रवृत्तिमा ७-७ खेलाडी उपलब्ध गराएको थियो । आंशिक छात्रवृत्तिमा पनि ७-७ खेलाडी रहेका थिए । पूर्ण छात्रवृत्तिमा रहेका खेलाडीको स्कुल खर्च एन्फाले उठाउने सहमति अनुसार राष्ट्रव्यापी रुपमा खेलाडी छनोट पनि भयो । तर पछिल्लो दुई वर्षको रकम नबुझाएको भन्दै पुलिस र एपिएफ स्कुलले छात्रवृत्ति पाएका विद्यार्थीलाई वैशाखदेखि स्कुल प्रवेश गर्न दिएको छैन ।

नयाँ सेसन सुरु भएसँगै अन्य विद्यार्थी स्कुल जाँदा निकालिएका एकेडेमीका खेलाडी भने एन्फा परिसरमा देखिन्छन् । आफ्नो आमा बुबाको साथमा एन्फासँग छलफल गर्न आएका उनीहरुले वैशाख ५ गतेदेखि अध्यक्षको भेट्ने आश्वासनबाहेक केहि पाएका छैनन् । सोमबार एन्फा कम्प्लेक्स परिसरमा उनीहरु अध्यक्षकै पर्खाइमा थिए, तर भेट्ने अवसर भने पाएका छैनन् ।

२०७८ सालमा भर्ना भएका विद्यार्थीले २०७९ सालमा पनि पढे । यसबीचमा एन्फाले केहि रकम तिरेको भएपनि लामो समयदेखि शुल्क नतिर्दा स्कुलले नयाँ सेसनमा खेलाडीलाई स्कुल पस्न दिएन । अर्को स्कुल जाने विकल्पका लागि आवश्यक मार्कसिट पनि स्कुलले बाँकी पैसा नतिर्दासम्म दिन मानिरहेको छैन । यतिमात्र होइन, नयाँ सेसन सुरु भइसकेकोले अब अरु स्कुल खोज्न पनि अभिभावकलाई सहज छैन ।

प्रशान्त मोक्तान राष्ट्रव्यापी छनोटमार्फत २ वर्षअघि नेपाल पुलिसको साँगास्थित स्कुलको ७ कक्षामा भर्ना भएका थिए । उनले गत वर्ष आइजीपी कपमा पुलिसको टोलीबाट खेलेका पनि थिए । तर ९ कक्षाका लागि स्कुल जानुपर्ने समय उनी एन्फा परिसरमा हुन्छन् । उनका बुबा तिलक लामा आफ्नो छोराको भविष्यका लागि एन्फा धाइरहेका छन् ।

‘हामीलाई ५ वर्षका लागि छात्रवृत्ति भनिएको थियो । तर अहिले स्कुलले विद्यार्थीको बाँकी रकम नतिरेसम्म भित्र छिर्न दिएको छैन । अब अरु विद्यार्थी स्कुल गएका छन्, आफ्नो छोरालाई के भन्ने हामीसँग केहि उत्तर छैन । एन्फा आएको यतिका दिन हुँदा केहि जानकारी पाएका छैनौं । अध्यक्षले भेट्ने भनेपनि समय दिन सक्नुभएको छैन,’ लामाले दुख पोखे ।

यस वर्ष एसइई दिनुपर्ने विद्यार्थी पनि एन्फा बाहिर देखिन्छन् । उनीसँगै पुलिस र एपीएफमा छात्रवृत्ति पाएका ७-७ जना स्कुल जान पाइरहेका छैनन् । आर्मीले भने आन्तरिक स्रोतबाट नै एन्फाले पैसा नतिरेपनि छात्रवृत्ति प्राप्त खेलाडीलाई एकेडेमी र स्कुलमा राखेर पढाइरहेको छ ।

एन्फा महासचिव किरण राई भने यसबारे परिवारलाई पहिला नै जानकारी दिइएको बताउँछन् । ‘हामी अहिले फिफाको कन्ट्रोल फन्डीङमा छौं । हामीले केहि महिनाअघि कार्यसमिति बैठकबाट यो एकेडमी संरचनालाई अघि बढाउन आर्थिक रुपमा सम्भव नभएको भन्दै जानकारी गराइसकेका छौं । २०७९ सालको चैत्रसम्म हामीले पढाइ पूरा गर्न दिने र त्यसबेलासम्मको बाँकी रकम तिर्नेबारे पनि पत्राचार गरिसकेको अवस्था छ,’ उनले भने ।

एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो कार्यकालमा युवा परियोजना अन्तर्गत यो कार्यक्रम अघि बढाएको बताए । ‘हामीले एन्फा एकेडेमीमा खर्च बढि भएपछि विभागलाई प्रयोग गरेर अझ प्रभावकारी संचालन गर्न यो योजना सारेका थियौं । यसले आर्थिक भार‌ पनि कम भएको थियो । खर्च फिफा र एएफसीको युवा शीर्षकमा बजेट मिलाएका थियौं,’ उनले भने ।

पुरानो एन्फाको खर्च कटौती गर्दै युवा फुटबल बलियो बनाउने योजनालाई नयाँ कार्यसमितिले आर्थिक भार भएको र प्रभावकारी नभएको भन्दै एकेडेमी रोकेको छ । खेलाडी नयाँ सेसनमा विद्यालय जान पाएका छैनन् । बिरलै देखिने यस्तो योजनाको असफलताले खेलाडीमा भने असर परेको छ ।

पुलिसमा पूर्ण छात्रवृत्ति पाएका खेलाडी :

प्रशान्त मोक्तान, निश्चल थामी, लक्ष्मण थामी, दिप्सन परियार, मिजास श्रेष्ठम भुपेश लामा, पर्वत मगर

एपिएफमा पूर्ण छात्रवृत्ति पाएका खेलाडी :

विवेक पश्रचिमा थारु, डेटिन राई, तेन्जिङ शेर्पा, अनुज श्रेष्ठ, उत्सव थापा, डम्बर बहादुर विश्वकर्मा, विवेक विक

September 8, 2024

बार्सिलोनाको अधिकारिक समर्थक क्लब नेपालमा

काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ । पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको […]

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

Success

Thank you for your time.