2 years ago
April 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यू–१७ महिला एसिया कप छनोटका लागि जोर्डन जाने नेपाली यू१७ राष्ट्रिय महिला टोलीलाई बिदाई गरेको छ ।
एएफसी यू–१७ महिला एसिया कप छनोट २६ देखि ३० अप्रिलसम्म जोर्डनमा हुँदैछ । एन्फाले २३ खेलाडीसहित ३१ सदस्यीय टोलीलाई आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सफलताको शुभकामनासहित बिदाई गरेको हो ।
टोलीलाई एन्फाका पूर्व अध्यक्ष तथा एन्फा मानार्थ अध्यक्ष नरेन्द्र श्रेष्ठ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, सदस्य सरिला श्रेष्ठ मलेकु र मनिष जोशी, सहायक महासचिव दामोदर भट्टराई, सहायक कोषाध्यक्ष पूर्णमान चित्रकारलगायतले बिदाई गरे
छनोटको समूह ‘एच’ मा रहेको नेपालले आयोजक जोर्डन र इरानसँग खेल्नेछ । नेपालले २६ अप्रिलमा इरान तथा २८ अप्रिलमा जोर्डनसँग खेल्नेछ ।
नेपाली टोली
गोलरक्षक – सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी
डिफेन्डर – अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर र सुमी हाङ्मा राई
मिडफिल्डर – माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार र दिलमाया घिसिङ
फरवार्ड – सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार र कविता गुरुङ
भरतबहादुर बुढ थापा (हेड अफ डेलिगेसन), विष्णु गुरुङ (मुख्य प्रशिक्षक), भगवती थापा (सहायक प्रशिक्षक), सगेन्द्र खड्का (टिम व्यवस्थापक), शैलेश कर्माचार्य (टिम अफिसियल), चुनबहादुर थापा (टिम अफिसियल), राजु डंगोल (टिम डाक्टर), मनोज घिमिरे (मिडिया अफिसर)
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]