default_image

2 years ago

April 22, 2023

चर्च ब्वाइजको पहिलो हार

294 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो हार बेहोरेको छ । शीर्षस्थानको जावलाखेल युथ क्लबसँग १–० ले पराजित हुँदै चर्चले पहिलो हार बेहोरेको हो ।

चर्च ब्वाइजको अपराजित यात्रा लिगको ११औं खेलमा टुंगिएको हो । सुरुवाती तीन खेलमा जित निकालेको चर्च ब्वाइजले त्यसपछि ६ खेलमा बराबरी खेलेको थियो । त्यसपछि १०औं खेलमा जित निकोलेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा जावलाखेलको जितमा दोस्रो हाफमा एनकोटो मासोएबीले गरेको गोल नै निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

त्यसअघि खेलको दोस्रो मिनेटमा मौसम सुब्बाले सुवर्ण अवसर खेर फाल्दा चर्च ब्वाइज अग्रता लिनबाट चुक्यो । १९औं मिनेटमा विशाल तामाङको क्रसमा एनकोटो मासोएबीले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै गरेको प्रहार बाहिरिदा जावलाखेल अग्रता लिनबाट चुक्यो ।

२४औं मिनेटमा सुवास गुरुङको क्रसमा आशिष चौधरीको हेडर पहिलो बार च्याप्दै बाहिरिदा चर्च अग्रता लिनबाट चुक्यो । ४२औं मिनेटमा जोसेफ बेम्पाको फ्रिकिक पोस्टमाथिबाट थोरै बाहिरियो । लगत्तै अर्काेतर्फ फोडे फोफानाको प्रहार दोस्रो बार च्याप्दै बाहिरियो ।

५१औं मिनेटमा एनकोटो मासोएबीको पासमा हिसुव थपलियाको प्रहार चर्चका डिफेन्डर मनोज राईलाई लाग्दै एनकोटोसमक्ष नै पुगेपनि उनको प्रहार फितलो बन्यो । ५५औं मिनेटमा सुशिल शाहको झन्डै ३५ यार्ड टाढाको फ्रिकिक सदुपयोग हुन सकेन ।

६६औं मिनेटमा एनकोटो मासोएवीले गोल गर्दै जावलाखेललाई १–० को अग्रता दिलाए । आफ्नै हाफबाट दुई डिफेन्डरलाई बिट गर्दै एक्लै बल अघि बढाएर गरेको प्रहार गोलरक्षक प्रिसोले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा बलले जाली चुम्न पुगेको थियो ।

७१औं मिनेटमा रन्जित सिंह बान्द्रेको प्रहार अनिष देउलाले बचाउँदा रिवाउन्डमा बेम्पाको प्रहार पनि सदुपयोग हुन सकेन । ८४औं मिनेटमा हिसुव थपलियाको प्रहारलाई फ्रान्कलिन कोटेटालाले ब्लक गर्दै चर्चको अर्काे संकट टारे ।

यस जितसँगै शीर्षस्थानमा रहेको जावलाखेलको ११ खेलबाट २३ अंक पुगेको छ । जावलाखेलले शीर्षस्थानमा ५ अंकको अग्रता लिन सफल भएको छ । पहिलो हार बेहोरेको चर्च ब्वाइज ११ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा छ । समान १८ अंक नै रहेपनि एक खेल कम खेलेको थ्री स्टार गोल अन्तरमा तेस्रो स्थानमा छ ।

March 19, 2025

एपिएफ राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री, चितवन फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मिकुमारी घिसिङले समान ४ गोल गरे । प्रीति […]

March 19, 2025

बाँसबारीले आरसीटीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लबले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई रोमाञ्चक खेलमा ४-२ गोल अन्तरले हराएको छ । बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा बांशबारीले २५ मिनेट भित्र दुई गोल गर्यो । १६ औं मिनेटमा […]

March 19, 2025

ब्वाइज युनियन र टुसालको लगातार बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन र टुसाल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवैको यो लगातार दोस्रो बराबरी नतिजा हो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा पनि गोल हुन सकेन । […]

Success

Thank you for your time.