default_image

2 years ago

April 22, 2023

चेन्चोको गोलमा मछिन्द्रको जित

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुटानिज फरवार्ड चेन्चो ग्याल्सेनले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो गोल गरेपछि मछिन्द्र फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ ।

च्यासल रंगशालामा मछिन्द्रले १० खेलाडीमा समेटिएको फ्रेन्ड्सलाई २–१ ले पराजित गरेको हो । मछिन्द्रको लागि अर्काे गोल देवेन्द्र तामाङले गर्दा फ्रेन्ड्सका रफिक अमिनुले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ४४औं मिनेटमा चेन्चोले गोल गर्दै मछिन्द्रलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । निसेन सुब्बाको क्रसलाई नियन्त्रणमा लिदै एखरोरबेक उक्तमोभलाई नटमेग गर्दै गरेको प्रहारले जाली चुमेको थियो । उनले लिगमा ६ खेल खेल्दा पहिलो गोल गर्न सफल भएका हुन् ।

६३औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । चेन्चोको फ्रिकिक क्लियर हुन नसकेपछि देवेन्द्रले नियन्त्रणमा लिदै गोल गर्न सफल भए । ७६औं मिनेटमा रफिक अमिनुले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ७७औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटिन पुग्यो ।

अभिषेक गुरुङलाई अनावश्यक फउल गरेपछि रेफ्रीले अमित तामाङलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएपछि फ्रेन्ड्स १० खेलाडीमा समेटिन पुग्यो । त्यसपछि थप गोल निस्कन नसक्दा मछिन्द्र विजयी हुन सफल भयो ।

यस जितसँगै मछिन्द्रको ११ खेलबाट १६ अंक पुगेको छ । पराजित फ्रेन्ड्स ११ खेलबाट ११ अंक जोडेर १२औं स्थानमा छ ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.