2 years ago
April 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड मेसुके ओलोमोउले दुई गोल गरेपछि एफसी खुमलटारले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबमाथि रोमाञ्चक जित निकालेको छ ।
खुमलटारले मनाङमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । खेलमा एक पेनाल्टी चुकाउँदा मनाङ जितबाट वञ्चित बन्यो । कोफी टिमोथी कोडुले पेनाल्टीमा एक गोल गर्दा अर्काे गोल चुकाएपछि मनाङ पराजित हुन पुग्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको १३औं मिनेटमा मेसुके ओलोमोउले गोल गर्दै खुमलटारलाई १–० को अग्रता दिलाए ।
५३औं मिनेटमा टिमोथी कोडुले पेनाल्टीमा गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याए । ६१औं मिनेटमा टिमोथी कोडु पेनाल्टीमा चुक्दा मनाङ अग्रता लिनबाट चुक्यो ।
पेनाल्टी बक्समा अभिषेक बर्माले रन्दिप पौडेललाई फउल गरेपछि रेफ्री श्याम दनुवारले मनाङलाई पेनाल्टी प्रदान गर्दा टिमोथीको पेनाल्टी बारबाट थोरै बाहिरियो । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा मेसुकेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै मनाङलाई हार चखाए ।
मनाङको यो लगातार चौथो हार हो । यसअघि मनाङ सातदोबाटो, जावलाखेल र आर्मीसँग पराजित भएको थियो । यस जितसँगै खुमलटारले ११ खेलबाट १३ अंक जोडेको छ । पराजित मनाङको ११ खेलबाट १५ अंक छ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]