default_image

2 years ago

April 21, 2023

सन्जिवको गोलमा एपिएफ माथि एनआरटीको जित

174 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्यूरोड टिम एनआरटीले शुक्रबार सहिद स्मारक ए डिभिजन लिगमा विजय प्राप्त गरेको छ ।

च्यासल फुटबल मैदानमा भएको खेलमा एनआरटीले एपिएफ फुटबल क्लबलाई १-० ले हराएको हो । सन्जिव विष्टको गोल खेलमा निर्णायक बनेको‌ थियो । खेलको ७९ औं मिनेटमा सन्जिवले गोल गरेका थिए ।

जारी लिगमा एनआरटीको यो तेस्रो जित हो । ११ खेलमा १३ अंक जोडेको एनआरटी १० औं स्थानमा छ । विभागिय टोली एपिएफको यो लिगमा पाँचौं हार हो । आठौं स्थानमा रहेको एपिएफको १४ अंक छ ।

शुक्रबार नै सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा अर्का दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र जारी लिगमा कमजोर प्रदर्शन गर्दै आएको नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन्।

दुबै मैदानमा दोस्रो हाफको खेल चलिरहँदा हुरीबतास आएपछि झन्डै ४५ मिनेट खेल रोकिएको थियो।

March 11, 2025

रवि गोल्डकप अर्को महिना

दिपक बोहोरा,पाँचथर मिक्लाजुङ गाउँपालिकाको केन्द्र रवि बनाजमा अर्को महिना रवि गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रवि गोल्डकपको छेटौं संस्करण चैत २५ देखि २०८२ वैशाख १ गते सम्म हुने आयोजक राइजिङ स्टार क्लबले सोमवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । प्रतियोगिता ५ वर्षपछि‌ आयोजना हुन लागेको हो। २०७६ मा कोभिडको कारणले छैटौं […]

March 11, 2025

अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा

एजेन्सी – झोन दुरानको २ गोल र क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरेपछि सोमबार साउदी प्रो लिग टोली अल-नासर एसियन च्याम्पियन्स लिग एलिटको क्वाटरफाइनलमा पुगेको छ। अल-नासरले इरानी क्लब एस्तेग्लाललाई ३-० ले पराजित गर्यो। अर्को खेलमा कतारी क्लब अल-सद्दले अल-वसललाई पराजित गर्‍यो। अल-सद्दको दोहामा भएको ३-१ को जितमा अक्राम अफिफले महत्वपूर्ण भूमिका खेले, जसले फेलिक्स सान्चेजको […]

March 11, 2025

ललितपुरका प्रशिक्षक र २ खेलाडी आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीका प्रशिक्षक साइमन ग्रेसन नेपाल आइपुगेका छन् । युएएफएका प्रो– लाइसेन्स प्राप्त प्रशिक्षक ग्रेसनलाई ललितपुरले यो सिजनका लागि अनुबन्ध गरेको हो‌। उनले खेल जीवनमा लामो समय लेस्टर सिटी,ब्ल्याकपुल,एस्टन भिल्ला र ब्ल्याकबर्नबाट व्यवसायीक फुटबल खेलेका थिए। उनले सन् १९९६ को इङ्लिस लिग कप जितेका […]

Success

Thank you for your time.