default_image

2 years ago

April 19, 2023

पुलिसमाथि जावलाखेलको गोल वर्षा

408 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा रहेको जावलाखेल युथ क्लबले पुछारमा रहेको विभागीय नेपाल पुलिस क्लबमाथि गोल वर्षा गर्दै सानदार जित दर्ता गरेको छ ।

च्यासल मैदान बुधबार भएको खेलमा जावलाखेलले १० खेलाडीमा समेटिएको पुलिसमाथि ६–१ को एकपक्षीय जित निकालेको हो ।

जावलाखेलको जितमा हिसव थपलिया र एनकोटो मासोएवीले समान दुई तथा फोडे फोफाना र अब्दुलअजिजले समान एक गोल थपे । पुलिसका मोसेस एक गोल फर्काए ।

गोलको वर्षा भएको खेलको ३०औं मिनेटमा फोडे फोफानाले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

हिसव थपलियाको कर्नरमा एनकोटोको हेडरले गोललाइन क्रस गर्नै लाग्दा कप्तान रामचन्द्र वाजीले हातले बल रोकेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यसमै फोडेले गोल गर्न सफल भए ।

१० खेलाडीमा समेटिएको पुलिस त्यसपछि भने निरिह बन्दा फराकिलो हार बेहोर्न पुग्यो । ५१औं मिनेटमा हिसव थपलियाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा एनकोटोले गोल गरेपछि जावलाखेल खेलमा ३–० ले अघि बढ्यो ।

८१औं मिनेटमा एनकोटोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि एपिएफ खेलमा ४–० ले अघि बढ्यो । ८४औं मिनेटमा हिसवले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरेपछि जावलाखेल सहज जिततर्फ अग्रसर बन्यो ।

८८औं मिनेटमा मोसेसले गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अब्दुलअजिजले गोल गर्दै जावलाखेललाई ६–१ को सानदार जित दिलाए ।

यस जितसँगै जावलाखेलले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । ६ जित, २ बराबरी र २ हारको नतिजा निकालेको जावलाखेलको २० अंक पुगेको छ ।

एक खेल कम खेलेको सातदोबाटोको १७ अंक छ । पराजित पुलिस १० खेलबाट ५ अंक जोडेर पुछारमा रहँदा रेलिगेसन दवाव झनै बढेको छ ।

March 21, 2025

ब्राजिलको पुनरागमन जित

एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोटमा ब्राजिलले कोलम्बियामाथि पुनरागमन जित हासिल गरेको छ । ब्राजिलले शुक्रवार बिहान कोलम्बियालाई २-१ ले पराजित गरेको हो । १-१ को बराबरीको स्थितिमा इन्ज्युरी समयमा गोल गर्दै ब्राजिलले जित हात पारेको हो । ब्राजिललाई घरेलु मैदानमा भएको खेलमा जित दिलाउन राफिन्हा र भिनिसियस जुनियरले गोल गरे । […]

March 21, 2025

डेनमार्कले पोर्चुगललाई हरायो

एजेन्सी – युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा डेनमार्कले पोर्चुगललाई पराजित गरेको छ । डेनमार्कले बिहीवार पोर्चुगलमाथि १-० को जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा डेनमार्कका लागि रास्मस होज्लुन्डले गरेको गोल निर्णायक हुन पुग्यो । रास्मसले खेलको ७८औं मिनेटमा टोलीका लागि निर्णायक गोल गरे । यि दुईबीचको दोस्रो लेगको खेल मार्च […]

March 21, 2025

क्रोएसियासँग फ्रान्स पराजित

एजेन्सी – युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा क्रोएसियाले जित हासिल गरेको छ । क्रोएसियाले फ्रान्सलाई बिहीवार २-० ले हरायो । घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन एन्टे बुदिमिर र इवान पेरिसिकले गोल गरे । खेलको २६औं मिनेटमा गोल गर्दै बुदिमिरले सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा क्रोएसियाका लागि इवानले गोल गरे । […]

Success

Thank you for your time.