2 years ago
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार दशरथ रंगशालामा भएको खेलपछि एपिएफका सहायक व्यवस्थापक जिवेश पाण्डेले फोर्थ अफिसियल ज्ञान बहादुर मोक्तानलाई हातपात गरेका छन्।
खेलमा थपिएको ७ मिनेट इन्ज्युरी समयको चौथो मिनेटमा पाण्डेले फोर्थ अफिसियलसँग रेफ्रीको निर्णयप्रति आक्रोश जनाएका थिए । त्यसबेला पाण्डेलाई खेलका रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड दिएका थिए। खेल सकिएलगतै टनेलभित्र पाण्डे पुनः आक्रोशित बन्दै रेफ्री मोक्तानमाथि जाईलागे ।
रेफ्रीको निर्णयप्रति असन्तुष्ट रहेकोले हात हालेको एपिएफ फुटबल टोलीका पूर्व कप्तान समेत रहेका पाण्डेले स्वीकार गरेका छन् । खेल पश्चात रेफ्रीको रिपोर्टमा पाण्डेले फोर्थ अफिसियल मोक्तानलाई हातपात गरेको उल्लेख गरिएको रेफ्री एसेसर श्रीराम रञ्जितकारले बताए।
खेलमा मछिन्द्र १-० ले पछाडि रहेको अवस्थामा एपिएफका आवास लामिछाने घाइते भएर मैदानमा ढलेका थिए। स्टेचर सहित मेडिकल टिमले मैदानमा धेरै समय लिएको भन्दै मछिन्द्रका देवेन्द्र तामाङ आक्रामक शैलीमा प्रस्तुत भए।
तर रेफ्री क्षेत्रीले देवेन्द्रलाई कार्ड नदिएपछि पाण्डेसहित एपिएफका अफिसियलहरू आक्रोशित बने। रेफ्री क्षेत्रीले फोर्थ अफिसियल मोक्तानसँगको परामर्शपछि पाण्डेलाई रातो कार्ड देखाएका थिए। खेल एपिएफले १-० ले जित्यो।
खेलमा रेफ्रीको भूमिका प्रति भने दुबै टोलीका प्रशिक्षकले गुनासो गरेका थिए। एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले मछिन्द्रका खेलाडी आक्रमक रुपमा प्रस्तुत हुँदा पनि रेफ्रीले कार्ड नदिनु दुःखद भएको बताए ।
मछिन्द्रका प्रशिक्षक किशोर केसी स्ट्रेचर ल्याइसकेपछि जतिसक्दो छिटो घाइते खेलाडीलाई प्राथमिक उपचार गराउन पठाउनुको सट्टा मैदानमै समय बिताएकोमा असन्तुष्टी जनाएका थिए ।
March 11, 2025
दिपक बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]
March 11, 2025
हिमाल खरेल, बितामोड कचनकवलको बगान युथ क्लबले तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड-६ स्थित हरियाली खेलमैदानमा आज भएको फाइनलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबलाई २-१ ले हराउँदै बगान च्याम्पियन बनेको हो । बगानको जितका लागि पहिलो हाफको इन्ज्युरी समयमा फ्रेंक्लिन ताला र खेलको ६९ औँ मिनेटमा अभिषेक गुरुङले गोल गरे । […]