2 years ago
April 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा साविक विजेता मछिन्द्र फुटबल क्लबलाई पराजित गरेको छ ।
अर्मान्ड विडोमको निर्णायक गोलमा एपिएफले मछिन्द्रलाई १–० ले पराजित गरेको हो । अर्मान्डले पहिलो हाफमा गरेको गोल नै एपिएफको जितमा निर्णायक बन्यो । त्रपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा अर्मान्डले ३९औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
खेलको २०औं मिनेटमा एडमा डोम्वियाको हेडर पासमा एब्डोउ रमानीको हेडरलाई गोलरक्षक तथा कप्तान विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । २३औं मिनेटमा विजय भुजेलको प्रहार पोस्टमाथि आकासिदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।
२८औं मिनेटमा चेन्चो ग्याल्सेनको क्रसमा विमल घर्ती मगरको भली प्रहार आकासियो । ३१औं मिनेटमा चेन्चोको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहार थोरै बाहिरिदा मछिन्द्रले अग्रता लिन सकेन ।
३३औं मिनेटमा विमल हुँदै चेन्चोको हेडर पासमा आन्द्रेस नियाको सिक्स यार्ड बक्स भित्रको प्रहार पहिलो बार च्याप्दै बाहिरिदा मछिन्द्रले अग्रता लिने सुवर्ण अवसर गुमायो ।
३९औं मिनेटमा अर्मान्ड विडोमले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाए । कप्तान नविन लामाको चलाखीपूर्ण पासमा अर्माण्डले अफसाइड बिट ट्याप गर्दै दुई डिफेन्डरलाई छलाएर दोस्रो बारतर्फ गोल गर्न सफल भए ।
४१औं मिनेटमा विजय भुजेलको प्रहारलाई गोलरक्षक र डिफेन्डरले ब्लक गर्दा मछिन्द्र बराबरीबाट चुक्यो । ४४औं मिनेटमा आन्द्रेस नियाको क्रस पासमा विमलको हेडर क्रसबाट थोरै बाहिरियो ।
५०औं मिनेटमा अर्मान्डले वान भर्सेस वानको स्थितिमा गरेको प्रहार आकासिदा एर्पि.एफ अग्रता दोब्बर पार्नबाट चुक्यो । ५८औं मिनेटमा आन्द्रेस नियाको कर्नरमा चेन्चोको हेडर सदुपयोग हुन सकेन ।
यस जितसँगै एपिएफ १० खेलबाट १४ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित मछिन्द्र १३ अंक जोडेर नवौं स्थानमा झरेको छ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]