2 years ago
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ ।
दशरथ रंगशालामा सुदिल राईले दोस्रो हाफमा गरेको गोलमा आर्मी १-० को जित दर्ता गर्न सफल भयो । मनाङ लिगमा लगातार तेस्रो हार बेहोर्दै अंक तालिकाको पाँचौ स्थानमा झरेको छ । आर्मी र मनाङसहित पाँच टोलीको समान १५-१५ अंक हुँदा एक अर्काबीच हेड टु हेडको आधारमा स्थान निर्धारण भएको हो । जावलाखेल र सातदोबाटो समान १७ अंकका साथ क्रमश: शीर्ष दुई स्थानमा छन् ।
खेलको दोस्रो मिनेटमा नै नवयुग श्रेष्ठले गोल गर्ने सुवर्ण अवसर खेर फाल्दा आर्मी अग्रता लिनबाट चुक्यो । आशिष गुरुङले पेनाल्टी बक्समा गल्ती गरेको बललाई जगजित श्रेष्ठले खोस्दै दिएको क्रसमा गोलरक्षक तथा कप्तान दीप कार्की बिट भएपनि नवयुग श्रेष्ठले सिक्स यार्ड बक्सभित्रबाट गोल गर्न सकेनन् ।
२७ औं कोफी टिमोथी कुडोको फितलो प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले सहजै नियन्त्रणमा लिए । ६० औं मिनेटमा दिनेश हेन्जनको प्रहारलाई गोलरक्षक दीप कार्कीले डाइभ दिदै बचाए । लगत्तै जगजित श्रेष्ठको प्रहार आकासियो । ६३औं मिनेटमा जगजित श्रेष्ठको कर्नरमा दीपक गुरुङको हेडर गोलरक्षक दीपको हातमा लाग्दै बाहिरिदा आर्मीले अग्रता लिन सकेन ।
७५औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । जगजित श्रेष्ठको फ्रिकिकलाई मनाङका डिफेन्डर जीवन गुरुङले ६ यार्ड बक्सभित्र क्लियर गर्न नसक्दा सुदिल गोल गर्न सफल भए ।
८२ औं मिनेटमा मनाङले बराबरी गर्ने अवसर पायो । गोलरक्षक विकेश कुथु अघि आएको अवस्थामा कोफी कोउडुले गरेको प्रहार निकै ढिलो भएको थियो । इन्ज्युरी समयमा सुदिलले अग्रता दोब्बर पार्ने अवसर गुमाए । जगजितको सुन्दर पासमा सुदिलले ६ यार्ड बक्स भित्र सटिक प्रहार गर्न नसक्दा गोलरक्षक दीपले सहजै बचाए ।
त्यसअघि दिनको पहिलो खेलमा न्यु रोड टिम (एनआरटी) ले फुटबल क्लब खुमलटारलाई ३-१ ले हराएको थियो । विस्तृतमा यहाँ
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]