2 years ago
April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले पछिल्ला दिनका केहि अभिव्यक्तिलाई लिएर थ्री स्टर क्लबका प्रशिक्षक मेघराज केसीसँग स्पष्टिकरण मागेको छ ।
एन्फाका महासचिव किरण राईले मंगलबार केसीलाई पत्र काट्दै एन्फाले औपचारिकताका लागि मात्र ए डिभिजन लिग गरेको, एन्फा आर्थिक अभावमा रहेको, खेलका दौरान पानी उपलब्ध गराउन नसकेको, एन्फालाई आर्थिक सहयोग गर्न तयार रहेको जस्ता असम्बन्धित र अमर्यादित अभिव्यक्ति दिएकोमा गम्भिर ध्यानकषर्ण भएको उल्लेख गरेका छन् ।
एन्फाको पत्रमा भनिएको छ, तसर्थ के कति कारणले तपाईले एन्फाको छविमा नै आँच आउने अभिव्यक्ति दिएको हो सो बारे एन्फामा ३ दिनभित्र स्पष्टिकरण (लिखित जवाफ ) पेश गर्नु हुन अनुरोध गरिन्छ । आफ्नो खेल परेको पोष्ट म्याच कन्फ्रेन्समा केसीले खेलको समिक्षा गर्नुका साथ एन्फाको कार्यशैलीको आलोचना गर्दै आएका छन् ।
चैत २७ गते मनाङ मस्र्याङ्दी क्लबसँग १–१ को बराबरीपछि केसीले अहिलेको लिगका विषयमा भनेका थिए, ‘लिगको उद्देश्य भनेको के भने फुटबलबाट हुनुपर्ने फाइदा यो यो सबै साइडमा राख्नुहोस् । चुनाव जितेर आएपछि लिग गर्न नसके एन्फामा बस्न लाज हुन्छ भनेर लिग गरेको हो ।’
च्यासल फुटबल मैदानमा सोमबार चर्च ब्वाइज युनाइटेड क्लबसँग गोलरहित बराबरी खेलेपछि केसीले दुई वटा विषयलाई गम्भिर रुपमा उठाएका छन् । उनले खेलपछि भएको विवादका विषयमा पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
डगआउटमा के विवाद भएको थियो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘हामीले गेम भइरहेको २० मिनेट अघि पानी माग्यौं । पानी छैन । पानी छैन सरी भन्न त पाइन्छ जस्तो लाग्दैन मलाई । ठिक छ अहिले एन्फा आर्थिक समस्यामा छ । २/४ लाख ड्यू छ । अर्को २/४ लाख चाहिन्छ भने दिउला । हैन भनेदेखि चाहि पानीको प्रायोजक ल्याउन हामीले सकेनौं भन्नुस् । म खोजेर ल्याइदिउला ।’ केसीले पानी नपाएको गुनासो गरेको थाहा पाएपछि एन्फाका एक कर्मचारीले भने, ‘दिएको पानी आफ्ना समर्थकलाई बाड्ने अनि पानी छैन भन्न कहाँ पाइन्छ ।’
केसीको असन्तुष्टी त्यतिमा सिमित थिएन । उनले एन्फाले ल्याउने गरेर भिआईपीका बारेमा पनि प्रश्न गरे । ‘एन्फाले भिआइपी गेष्ट भनेर ल्याउनु भएको होला । एलओसी लगाउनु भएको थियो । उहाँ मैदानमा जान पाउने हो कि नपाउने हो । उहाँले आएर खै त गोल चाहि ठोक्न सकेन भने ठाडो शब्द गर्नुभयो ,’ केसीले अगाडि भने, ‘तपाई चाहिँ को भने । एन्फाको चाहिँ भिआईपी होला । फुटबलको भिआईपी जस्तो पनि लागेन । जो पायो त्यहि लाई मैदानमा छिराउनलाई एन्फाको कुर्सी टिकाउन खुसी पार्न भए उनीहरुले जे भन्यो त्यहि गर्नुपर्छ भने अर्कै कुरा हो । त्यसले गर्दा विचार गरेर बोल्नुहोस् भनेर नसिहत जस्तो दिएको हु । संसारको टप देशको भिआईपीले पनि आउट एक्टिभिटिज गरेको देखेको छैन । यहाँ कुर्सी बचाउन जे गरेनी हुन्छ भन्ने भए अर्कै हो ।’
सोही पत्रकार सम्मेलनमा तपाईलाई अहिले सम्म एन्फाले पत्र काटेको छैन भन्ने अर्को प्रश्नको जवाफमा केसीले भने, ‘कुरिरहेको छु । एन्फाको केहि पत्र आको छैन । लेटर आओस् । त्यसको जवाफ पत्रकार सम्मेलनमार्फत दिउँला भन्ने छ । धेरै कुरा राख्न पाउला भन्ने थियो । ५ महिनादेखि कुरिरहेको छु । अहिले सम्म आको छैन ।’
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]