2 years ago
April 18, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित दर्ता गरेको छ । लिभरपुलले घरेलु टोली लिड्स युनाइटेडमाथि ६–१ को फराकिलो जित निकालेको हो ।
लिभरपुलको फराकिलो जितमा मोहम्मद सलाह र डिएगो जोटाले समान दुई तथा कोडी गाक्पो र डार्विन नुनेजले समान एक गोल गरे । घरेलु टोली लिड्सका लुइस सिनिसटेराले एक गोल फर्काए ।
एलान रोड लिड्समा सोमबार राति गोलको वर्षा भएको खेलमा पाहुना टोली लिभरपुलले खेलको ३५औं मिनेटमा कोडी गाक्पोको गोलबाट अग्रता लिएको थियो । उनले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्न सफल भएका थिए ।
३९औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले डिएगो जोटाको पासमा गोल गर्न सफल भएका थिए ।
४७औं मिनेटमा लुइस सिनिसटेराले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याउँदै लिभरपुललाई खेलमा फर्कने संकेत दिए । तर, त्यसपछि लिभरपुलले चार गोल थप्दै टोलीलाई सानदार जित दिलाए । ५२औं मिनेटमा जोटाले कर्टिस जोन्सको पासमा गोल गर्न सफल भए ।
६४औं मिनेटमा मोहम्मद सलाहले गाक्पोको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि लिभरपुल खेलमा ४–१ ले अघि बढ्यो । ७३औं मिनेटमा जोटाले जोर्डन हेन्डरसनको पाुमा गोल गर्दै लिभरपललाई फराकिलो जिततर्फ अग्रसर गराए ।
त्यसपछि इन्ज्युरी समयमा परिवर्तित खेलाडी नुनेजले गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए । ८१औं मिनेटमा सलाहको स्थानमा मैदान छिरेका नुनेजले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासलाई सदुपयोग गरेका थिए ।
लिभरपुलले ५ खेलपछि जित निकालेको हो । ५ मार्चमा म्यानचेस्टर युनाइटेडलाई ७–० ले पराजित गरेपछि लिभरपुलले जित निकाल्न सकेको थिएन । त्यसपछि लिभरपुल बर्नमाउथ, रियल म्याड्रिड र म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । चेल्सी र आर्सनलसँग बराबरी खेलेको थियो ।
यस जितसँगै लिभरपुल ३० खेलबाट ४७ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ । पराजित लिड्स ३१ खेलबाट २९ अंक जोडेर १६औं स्थानमा छ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]