2 years ago
April 17, 2023
ललितपुर (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा १४ टोली छन् । त्यसमध्ये थ्री स्टार क्लब मेघराज केसीको छवि बेग्लै छ । उनी आफ्ना विचार प्रष्टसँग राख्छन् ।
पोष्ट म्याच कन्फ्रेन्समा उनी आफ्नो वा विपक्षी टोलीको प्रदर्शनमा मात्र सिमित हुँदैनन् । फुटबलमा आफूले देखेको कमजोरी प्रष्ट राख्छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना गर्छन र विषय अनुसार तारिफ गर्न पनि चुक्दैनन् ।
गत साता मनाङ मस्र्याङ्दी क्लबसँग १–१ को बराबरीपछि उनले अहिलेको लिगका विषयमा भनेका थिए, ‘लिगको उद्देश्य भनेको के भने फुटबलबाट हुनुपर्ने फाइदा यो यो सबै साइडमा राख्नुहोस् । चुनाव जितेर आएपछि लिग गर्न नसके एन्फामा बस्न लाज हुन्छ भनेर लिग गरेको हो ।’
च्यासल फुटबल मैदानमा सोमबार चर्च ब्वाइज युनाइटेड क्लबसँग गोलरहित बराबरी खेलेपछि केसीले दुई वटा विषयलाई गम्भिर रुपमा उठाएका छन् । उनले खेलपछि भएको विवादका विषयमा पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।
डगआउटमा के विवाद भएको थियो भन्ने प्रश्नको जवाफमा उनले भने, ‘हामीले गेम भइरहेको २० मिनेट अघि पानी माग्यौं । पानी छैन । पानी छैन सरी भन्न त पाइन्छ जस्तो लाग्दैन मलाई । ठिक छ अहिले एन्फा आर्थिक समस्यामा छ । २/४ लाख ड्यू छ । अर्को २/४ लाख चाहिन्छ भने दिउला । हैन भनेदेखि चाहि पानीको प्रायोजक ल्याउन हामीले सकेनौं भन्नुस् । म खोजेर ल्याइदिउला ।’ केसीले पानी नपाएको गुनासो गरेको थाहा पाएपछि एन्फाका एक कर्मचारीले भने, ‘दिएको पानी आफ्ना समर्थकलाई बाड्ने अनि पानी छैन भन्न कहाँ पाइन्छ ।’
केसीको असन्तुष्टी त्यतिमा सिमित थिएन । उनले एन्फाले ल्याउने गरेर भिआईपीका बारेमा पनि प्रश्न गरे । ‘एन्फाले भिआइपी गेष्ट भनेर ल्याउनु भएको होला । एलओसी लगाउनु भएको थियो । उहाँ मैदानमा जान पाउने हो कि नपाउने हो । उहाँले आएर खै त गोल चाहि ठोक्न सकेन भने ठाडो शब्द गर्नुभयो ,’ केसीले अगाडि भने, ‘तपाई चाहिँ को भने । एन्फाको चाहिँ भिआईपी होला । फुटबलको भिआईपी जस्तो पनि लागेन । जो पायो त्यहि लाई मैदानमा छिराउनलाई एन्फाको कुर्सी टिकाउन खुसी पार्न भए उनीहरुले जे भन्यो त्यहि गर्नुपर्छ भने अर्कै कुरा हो । त्यसले गर्दा विचार गरेर बोल्नुहोस् भनेर नसिहत जस्तो दिएको हु । संसारको टप देशको भिआईपीले पनि आउट एक्टिभिटिज गरेको देखेको छैन । यहाँ कुर्सी बचाउन जे गरेनी हुन्छ भन्ने भए अर्कै हो ।’
तपाईलाई अहिले सम्म एन्फाले पत्र काटेको छैन भन्ने प्रश्नको जवाफमा केसीले भने, ‘कुरिरहेको छु । एन्फाको केहि पत्र आको छैन । लेटर आओस् । त्यसको जवाफ पत्रकार सम्मेलनमार्फत दिउला भन्ने छ । धेरै कुरा राख्न पाउला भन्ने थियो । ५ महिनादेखि कुरिरहेको छु । अहिले सम्म आको छैन ।’
चर्च ब्वाइज विरुद्धको पहिलो हाफमा आफ्नो टोलीले राम्रो गर्न नसकेको उल्लेख गर्दै केसीले थपे, दोस्रो हाफमा ठिकै भयो । चर्च ब्वाइजको मिडफिल्ड उत्कृष्ट थियो । एक अंक पाउँदा पनि खुसी हुने अवस्था छ । हामी खुसी छौं ।’ ज्वरोको कारण सन्तोष साहुखल भने आराम गरिरहेको उनले बताए ।
बराबरीपछि तेस्रो स्थानको स्थानको मनाङ, चौथो चर्च ब्वाइज , पाँचौं स्थानको थ्री स्टार, छैटौं स्थानको संकटाको समान १५ अंक छ । १३ अंकका साथ मछिन्द्र क्लब सातौंं स्थानमा छ । शीर्षस्थानको जावलाखेल युथ क्लब र दोस्रो स्थानको सातदोबाटो युथ क्लबको समान १७ अंक छ ।
भिडियो:
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]