default_image

2 years ago

April 17, 2023

शेर्पाको पोस्टमा फ्रेन्ड्सको ६ गोल

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोनमा रहेको फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबमाथि सानदार जित हात पारेको छ ।

एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा फ्रेन्ड्सले शेर्पामाथि ६–० को सानदार जित दर्ता गर्दै लिगमा दोस्रो जित दर्ता गरेको हो । यसअघि फ्रेन्ड्सले चौथो चरणमा जावलाखेल युथ क्लबमाथि २–१ को जित निकालेको थियो ।

फ्रेन्ड्सको जितमा फ्रेन्ड्सको जितमा रफिक अमिनुले दुई तथा एखरोरबेक उक्तामोभ, अमित तामाङ, उत्तम राई र टोरिक जेब्रिनले समान एक गोल गरे । गोलको वर्षा गरेको खेलमा फ्रेन्ड्सले पहिलो र दोस्रो हाफमा समान तीन गोल गर्न सफल भएको थियो ।

गोलको वर्षा भएको खेलको तेस्रो मिनेटमा नै अमिनुको गोलबाट फ्रेन्ड्सले अग्रता लिन सफल भयो । ३२औं मिनेटमा एखरोरबेक उक्तामोभले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे ।

त्यसपछि ३८औं मिनेटमा अमिनुले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि फ्रेन्ड्सले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

पहिलो हाफमा तीन गोल गरेको फ्रेन्ड्सले दोस्रो हाफमा उति नै गोल थप्यो । ५८औं मिनेटमा अमित तामाङले गोल गर्दै फ्रेन्ड्सलाई ४–० ले अघि बढाए ।

७०औं मिनेटमा रफिकको स्थानमा मैदान छिरेका उत्तम राईले मैदान छिरेको दोस्रो मिनेटमै गोल गरेपछि फ्रेन्ड्स फराकिलो जिततर्फ अग्रसर बन्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा टोरिक जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई ६–० को फराकिलो जित दिलाए ।

यस सानदार जितसँगै फ्रेन्ड्सले नवौं चरणमा समाप्तिमा रेलिगेसन जोन छाडेको छ । फ्रेन्ड्स ९ खेलबाट ८ अंक जोडेर १२औं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले २ जित निकाल्दा २ बराबरी र ५ हारको नतिजा निकालेको छ । पराजित शेर्पा ९ खेलबाट ९ अंक नै जोडेर ११औं स्थानमा छ ।

March 18, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको‌ सामना गर्यो […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

Success

Thank you for your time.