default_image

2 years ago

April 16, 2023

जर्सी जुध्दा संकटा र एपिएफको खेल सुरु हुन सकेन

280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नवौं चरणमा संकटा क्लब र नेपाल एपिएफ फुटबल क्लबबीचको खेल जर्सी जुध्दा सुरु हुन सकेको छैन ।

च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुनुपर्ने खेल जर्सीको रंग जुध्दा सुरु हुन नसकेको हो । एपिएफका खेलाडीले लगाउने निलो जर्सी र संकटाका गोलरक्षकको जर्सी जुध्दा खेल सुरु हुन सकेको छैन ।

अपडेट : संकटाको अफिसियलले प्रयोग गर्ने पोलो टिसर्ट लगाएसँगै खेल २७ मिनेट ढिलो गरी सुरु भएको छ ।

January 17, 2025

लुम्बिनी कप र महिला फुटबलको तयारी अघि बढ्दै

नेपालगञ्ज (हाम्रो खेलकुद)- नेपालगञ्जमा अर्को महिना हुने लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको आयोजक अन्तरालले जनाएको छ। बाँके जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी फागुन १९ गतेदेखि २९ गतेसम्म नेपालगञ्ज रंगशालामा हुनेछ । नेपालगञ्ज रंगशालामा आयोजना शुक्रवार गरिएको पत्रकार भेटघाटमा अन्तरालका कार्यकारी प्रमुख जयनारायण शाहले प्रतियोगिता प्रतियोगिता संचालनका लागि तयारी अघि बढेको […]

January 17, 2025

एन्फा महिला लिगमा एपिएफको लगातार छैटौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफ फुटबल क्लबले एन्फा राष्ट्रिय महिला लिगको‌ अन्तिम‌ चरणमा लगातार छैटौं जित हासिल गरेको छ। एपिएफले शुक्रवार वालिङ नगरपालिकालाई १०-० ले हराएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफको जितमा रश्मिकुमारी घिसिंङले ४, सरु लिम्बु र सविता राना मगरले समान २ तथा प्रीति राई र रेनुका नगरकोटेले समान १ गोल गरिन् । शीर्ष स्थानको […]

January 17, 2025

रियल कोपा डेल रेको क्वाटरफाइनलमा

एजेन्सी – रियल म्याड्रिड कोपा डेल रे को क्वाटरफाइनलमा पुगेको छ। सेल्टा भिगोलाई बिहीवार ५-२ ले हराउँदै रियल अन्तिम आठमा पुगेको हो। घरेलु मैदानमा रियलले २-० को अग्रता जोगाउन नसक्दा जितका लागि थप समय सम्म कुर्नुपर्यो । इन्ज्युरी समयमा रियल सम्हालिन नसक्दा सेल्टा भिगोले बराबरी गोल फर्कायो । रियललाई जित दिलाउन एन्ड्रिकले २, केलियन एम्बाप्पे, […]

Success

Thank you for your time.