2 years ago
April 16, 2023
एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सीले घरेलु मैदानमै ब्राइटनसँग हार बेहोरेको छ । चेल्सी घरेलु मैदानमा ब्राइटनसँग २–१ ले पराजित भएको हो ।
चेल्सीलाई हार चखाउन ड्यानी वेलबेक र जुलियो इनसिसोले गोल गरे । चेल्सीका कोनर गल्लाघेरको गोल सान्त्वना बन्यो ।स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको १३औं मिनेटमा कोनर गल्लाघेरको गोलबाट चेल्सीले अग्रता लिन सफल भयो ।
उनले मिखाइलो मुड्रिकको पासमा गोल गर्न सफल भएका थिए । तर, त्यो अग्रतालाई चेल्सीले जोगाउन नसक्दा पराजित हुन पुग्यो ।
४२औं मिनेटमा ड्यानी वेलबेकले पास्कल ग्रसको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ६९औं मिनेटमा जुलियोले सोली मार्सको पासमा गोल गर्दै चेल्सीलाई घरेलु मैदानमा हार चखाए ।
यस जितसँगै ब्राइटन २९ खेलबाट ४९ अंक जोडेर सातौं स्थानमा रहेको छ । हारसँगै चेल्सी ३१ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा छ ।
अन्य नतिजा
एस्टन भिल्लाविरुद्ध न्यूक्यासल (३–०)
साउथह्याम्टनविरुद्ध क्रिस्टल प्यालेस (०–२)
वल्भ्सविरुद्ध ब्रेन्टफर्ड (२–०)
एभर्टनविरुद्ध फुलहम (१–३)
टोटेनहमविरुद्ध बर्नमाउथ (२–३)
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]