default_image

1 year ago

April 15, 2023

बायर्न र डर्टमुन्ड रोकियो

135 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको उपाधि दौडमा रहेको बायर्न म्युनिख र बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिएका छन् । बायर्न घरेलु मैदानमा होफेनहाइनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

बायर्नका बेन्जामिन पाभार्डले गोल गर्दा होफेनहाइनका एन्डरेन क्रामारिचले बराबरी गोल फर्काए । एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको १७औं मिनेटमा पाभार्डको गोलबाट बायर्नले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले किङ्सले कोमानको पासमा गोल गर्न सफल भएका थिए ।

तर, बायर्नले त्यो अग्रतालाई जोगाउन सकेन । ७१औं मिनेटमा क्रामारिचले फ्रिकिकमा सिधै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७३औं मिनेटमा पाभार्डले अर्काे गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बायर्न जितबाट वञ्चित बन्यो ।

अर्काे खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा बोरुसिया डर्टमुन्ड १० घरेलु टोली भिएफवी स्टुटगार्टसँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।

डर्टमुन्डका सेवास्टिन हालेर, डोनेल मालेन र जियोभानी रेनाले गोल गर्दा स्टुटगार्टका टांगे कोउलीबेली, जोसवा भागनोमन र सिलास काटोम्पाले गोल गरे । स्टुटगार्ट ३९औ मिनेटमै १० खेलाडीमा समेटिन पुगेको थियो । कोन्सटानटिनोस दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

डर्टमुन्डको पनि बराबरीसँगै बायर्नले आफ्नो शीर्षतालाई २ अंकमा राख्न सफल भएको छ । बायर्नको २८ खेलबाट ५९ तथा डर्टमुन्डको ५७ अंक छ । होफेनहाइन २९ अंक जोडेर १३औं स्थानमा रहँदा स्टुटगार्ट २४ अंक जोडेर १६औं स्थानमा छ ।

September 22, 2024

एपिएफ चितवन गोल्डकपको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री, चितवनएपिएफ फुटबल क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वीरगन्ज युनाइटेडलाई ३–० ले हराउँदै एपिएफ सेमिफाइनलमा पुगेको हो । एपिएफको जितमा विके तमाङले २ तथा बुद्धिमान राईले १ गोल गरे । खेलको ४१ औं मिनेटमा बुद्धिमानको गोलमा एपिएफले अग्रता लिएको थियो । दोस्रो हाफमा […]

September 22, 2024

बेलबारी गोल्डकपको ट्रफी सार्वजनिक

हिमाल खरेल, बिर्तामोड बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा प्रदान गरिने अढाई किलो चाँदीमा दुई तोला सुनजडित गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ । गोल्डकपको मूल्य झण्डै ८ लाख रुपैयाँ रहेको बताइएको छ । आयोजक एलएक्ससिटी फुटबल क्लबले बेलबारी नगरपालिकाको सभाहलमा आइतवार पत्रकार सम्मेलन गर्दैै गोल्डकपको ट्रफी सार्वजनिक गरेको हो । बेलबारी ११ निवासी […]

September 22, 2024

झापा ११ पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा एफसी मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतवार दोस्रो क्वार्टर फाइनलमा धरान सिटी एफसीलाई ४–० ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । झापा ११ का लागि प्रदीप बुढाथोकीले ह्याट्रिक पूरा गरे । उनले खेलको नवौं , […]

Success

Thank you for your time.