default_image

2 years ago

April 15, 2023

आर्मीलाई खुमलटारले हरायो

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल क्लब खुमलटारले विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । पछिल्लो खेलमा ७ गोल खाएको खुमलटारले दशरथ रंगशालामा शनिबार ३-२ को जित दर्ता गरेको हो ।

खुमलटारको जितमा मेसुके ओलोमोउले २ तथा रेजिन सुब्बाले १ गोल गरे । नवयुग श्रेष्ठ र सुशान्त चौधरीले गोल फर्काएपनि आर्मीले नतिजा बदल्न सकेन । खुमलटारले ४ खेलको जितविहिन यात्रामा पूर्णविराम लाउँदा आर्मी भने लिगमा तेस्रो पटक पराजित भएको हो । खुमलटार ९ खेलमा १० अंकसहित दशौं स्थानमा उक्लँदा आर्मी ३ जित, ३ बराबरी र ३ हारका साथ १२ अंकसहित सातौं स्थानमा कायम छ ।

सातौं मिनेटमा मेसुके ओलोमोउले गोल गर्दै खुमलटारलाई अग्रता दिलाए । स्टेफन बिनोङको क्रसमा राजीव लोप्चनले पेनाल्टी क्षेत्र भित्रबाट मेसुकेलाई पास दिएपछि क्यामरुनी फरवार्डले शक्तिशाली प्रहारमार्फत गोल गरे ।

१८ औं मिनेटमा आर्मीले बराबरी गोल फर्कायो । नवयुग श्रेष्ठले सिजनको चौथो गोल गर्ने क्रममा पेनाल्टीमा बराबरी गोल गरेका थिए । नवयुगकै फ्लिक अभिषेक लिम्बुले पेनाल्टी क्षेत्रभित्र हातले रोकेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

२७ औं मिनेटमा मेसुकेले फ्रिकिकमा गोल गर्दै खुमलटारको अग्रता पुन: स्थापना गरे । उनले झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार सिधै गोलमा परिणत भएको थियो ।

इन्ज्युरी समयमा आर्मीले बराबरी गर्न सुवर्ण अवसर पाएको थियो । जगजित श्रेष्ठले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्सले रोके । फुस्किएको बल जिलेस्पीले ब्याक पास दिएपछि जगजितको दोस्रो प्रहार सिधै गोलरक्षक देव लिम्बूको हातमा पुग्यो ।

५४ औं मिनेटमा खुमलटारका लागि कप्तान रेजिन सुब्बाले गोल थपे । स्टेफन बिनोङले पेनाल्टी क्षेत्र भित्रबाट दिएको हेडर पासलाई रेजिनले डिफेन्डरसँग ५०/५० को च्यालेन्जको अवस्थाबाट गोलमा परिणत गरे ।

८२ औं मिनेटमा स्टेफानको हेडरमा पोस्ट बाधक बन्दा खुमलटारले अग्रता बढाउन पाएन । मेसुकेले दायाँ विंगबाट दिएको लामो पासमा ६ यार्ड बक्सभित्र अनमार्क रहेका बिनोङको हेडर पोस्टमा लागेर फर्केको थियो ।

९० औं मिनेटमा सुशान्त चौधरीले गोल गर्दै आर्मीको सम्भावना जीवित राखे । दिनेश हेन्जनको लामो पासलाई गोलरक्षक देव लिम्बुले समात्न नसक्दा सुशान्तले ६ यार्ड बक्स भित्रबाट खाली पोस्टमा गोल गरे ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

March 20, 2025

सरस्वतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]

Success

Thank you for your time.