default_image

2 years ago

April 15, 2023

मनाङमाथि जावलाखेलको सानदार जित

231 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबमाथि सानदार जित दर्ता गरेको छ ।

च्यासल मैदानमा शनिबार भएको खेलमा जावलाखेलले मनाङमाथि ३–० को सानदार जित दर्ता गरेको हो । जावलाखेलको जितमा एनकोटो मासोएवीले दुई तथा फोडे फोफानाले एक गोल गरे । पहिलो हाफको शुरुमै एक गोल गरेको जावलाखेलले थप दुई गोल खेलको इन्ज्युरी समयमा गरेको थियो ।

खेलको चौथो मिनेटमा मासोएवीको गोलबाट जावलाखेलले पहिलो हाफमा १–० को अग्रता लिन सफल भयो । सुनिल खड्काको क्रसलाई अनमार्क रहेका एनकोटोले नियन्त्रणमा लिदै सहजै फिनिस गरे ।

प्रतिस्पर्धात्मक बनेको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फोडे फोफानाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे । समिराज थोकरको क्रसमा अनमार्क रहेका फोफानाले हेडरमार्फत गोल गर्न सफल भए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा एनकोटोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै जावलाखेललाई ३–० को सानदार जित दिलाए ।

फोफानाको पासमा उनले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक तथा कप्तान दीप कार्कीलाई बिट गर्दै गोल गर्न सफल भए । जारी लिगमा उनको यो छैटौं गोल हो ।

जावलाखेलविरुद्ध मनाङले भने कुनै पनि समय उल्लेख्य आक्रमण बुन्न नसक्दा लिगमा लगातार दोस्रो हार बेहोर्न पुग्यो । मनाङ यसअघि सातदोटो युथ क्लबसँग १–० ले पराजित हुँदै लिगमा अपराजित यात्रामा पूर्णविराम लागेको थियो ।

यस जितसँगै जावलाखेल ९ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । पराजित मनाङ १५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

March 21, 2025

फर्डिनान्डले हस्ताक्षर गरेको जर्सी १ लाख १५ हजारमा विक्री

काठमाडौं (हाम्रो खेलकुद)- इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व डिफेण्डर रियो फर्डिनान्डले हस्ताक्षर गरेको ललितपुर सिटीको जर्सी अक्सन गराइएको थियो । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि बिहीवार ललितपुर सिटी एफसीले जर्सी सार्वजनिक गर्ने कार्यक्रममा जर्सीको बेस प्राइज ५० हजार रुपैयाँ राखिएको थियो । हरेक बिडमा ५ हजार रुपैयाँ थपिँदै गएको थियो । धेरैले […]

March 21, 2025

पनामा र मेक्सिको नेसन्स लिगको फाइनलमा भिड्ने

एजेन्सी – पनामा र मेक्सिको चौथो संस्करणको कन्काफ नेसन्स लिगको उपाधिका लागि खेल्ने भएका छन् । शुक्रवार भएको सेमिफाइनल खेल जित्दै पनामा र मेक्सिकोले उपाधिका लागि भिड्ने पक्का गरेका हुन् । पनामाले पहिलो सेमिफाइनलमा अमेरिकालाई १-० ले पराजित गरेको हो । लगातार ३ पटक च्याम्पियन भएको अमेरिकालाई पराजित गरि पनामा पहिलो पटक फाइनल पुगेको हो […]

March 21, 2025

ललितपुर सिटीको जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले तेस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बिहीवार क्लबको आधिकारिक जर्सी सार्वजनिक गरेका हुन। ललितपुरले एनएसएलमा प्रयोग गर्ने दुवै खाले जर्सी सार्वजनिक गरेको हो । एउटा रातो/कालो छ भने अर्को सेतो/रातो छ । जर्सीमा नेवारी हाकुपटासीको […]

Success

Thank you for your time.