default_image

2 years ago

April 15, 2023

मच्छिन्द्र र एनआरटीको बराबरी

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग २०७९ अन्तर्गत आठौं चरणको खेलमा मच्छिन्द्र फुटबल क्लब र न्यु रोड टिम (एनआरटी) ले अंक बाँडेका छन् ।

दशरथ रंगशालामा एनआरटीले दोस्रो हाफमा गोल गरेसँगै १-१ को बराबरीमा खेल सम्पन्न भएको हो । पहिलो हाफमा ओमोलाजा करीमको दर्शनीय गोलमा मच्छिन्द्रले अग्रता लिएपनि स्टेफान जुनियरले दोस्रो हाफमा उत्तिकै राम्रो गोल फर्काए ।

सातौं मिनेटमा मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले लगातार दुई बचाउ गर्दा एनआरटी अग्रता लिनबाट बन्चित भयो । जन्मेजय धामीको क्रसमा सुशन श्रेष्ठको ६ यार्ड बक्स भित्रको हेडर गोलरक्षक विशालले फर्काए । लगत्तै उक्त रिबाउन्डमा रोहन खड्गीले ६ यार्ड बक्स भित्रबाट नै प्रहार गरेको रिबाउन्डमा विशाल बाधक बने ।

आठौं मिनेटमा एनआरटीका लाल्नुन्जामाले अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । रोहनले मिडफिल्डबाट द्रुत पास खेल्दै अफसाइड ट्रयाप बिट गरेपनि भारतीय फरवार्डले गोलरक्षक विशालविरुद्ध वन भर्सेस वनको स्थितिमा बललाई पोस्टको दिशा दिन सकेनन् ।

१६ औं मिनेटमा मच्छिन्द्रका पुजन उपरकोटीको फ्रिकिकमा एनआरटीका कप्तान विक्रम धिमालको फ्लिक गोलरक्षक पुजन होनाले मुस्किलले विफल पारे । २० औं मिनेटमा विमल घर्ती मगरको फ्रिकिक पोस्टभन्दा थोरै परबाट बाहिरियो ।

२८ औं मिनेटमा ओलावाले आफिजको प्रहार बाहिरिंदा मछिन्द्र अघि बढ्न सकेन । ३८ औं मिनेटमा विमल घर्ती मगरले पेनाल्टी क्षेत्रभित्र गोलरक्षकलाई बिट गरेपछि अन्तिम प्रहार गर्न खोज्दा गौरव श्रेष्ठले उत्कृष्ट ट्याकल गरे । उक्त ट्याकलले निम्त्याएको कर्नरमा भने मच्छिन्द्रले अग्रता लियो ।

३९ औं मिनेटमा करीमले दर्शनीय गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । प्रशान्त अवस्थीको कर्नरमा देवन्द्र तामाङको हेडर एनआरटीका जन्मेजयले क्लियर गरे । पेनाल्टी क्षेत्र बाहिर रहेका करीमले उक्त रिबाउन्डलाई पहिलो टचमै शक्तिशाली भलीमार्फत गोल गरे ।

६७ औं मिनेटमा स्टेफान जुनियरले २५ यार्ड टाढाबाट गोल गर्दै एनआरटीलाई बराबरीमा ल्याए । कर्नरमा क्लियर भएको बललाई निकोलस सर्ज संगले पास दिएपछि जुनियरले गरेको शक्तिशाली प्रहार गोल भएको थियो ।

७९ औं मिनेटमा सौरभ सुब्बाले मच्छिन्द्रलाई अघि बढाउने अवसर सदुपयोग गर्न सकेनन् । डिफेन्डर गौरव श्रेष्ठ चिप्लिएपछि सौरभले बल पेनाल्टी क्षेत्र भित्र लगेपनि डिफेन्डर विक्रम धिमाल र गोलरक्षक पुजनले आक्रमणको खतरा टारे ।

March 14, 2025

टोटनहम र लियोन युरोपा लिगको अन्तिम आठमा

एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]

March 14, 2025

युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ‌। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

Success

Thank you for your time.