2 years ago
April 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर ओमोलोजा नुरेन करीमको दर्शनीय गोलमा मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ को खेलमा न्यु रोड टिम (एनआरटी) विरुद्ध अग्रता लिएको छ । पहिलो हाफमा मच्छिन्द्र १-० ले अघि छ ।
खेलको सुरुवातमा लगातार अवसर सदुपयोग गर्न नसकेको एनआरटीलाई पहिलो हाफको अन्त्यतिर मच्छिन्द्रले गोल गर्दै दबाबमा राख्न सफल भयो । मच्छिन्द्रको डिफेन्स लाइनलाई लगातार तोडेपनि गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दा मच्छिन्द्र खेल गोलरहित राख्न सफल भएको थियो ।
सातौं मिनेटमा मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले लगातार दुई बचाउ गर्दा एनआरटी अग्रता लिनबाट बन्चित भयो । जन्मेजय धामीको क्रसमा सुशन श्रेष्ठको ६ यार्ड बक्स भित्रको हेडर गोलरक्षक विशालले फर्काए । लगत्तै उक्त रिबाउन्डमा रोहन खड्गीले ६ यार्ड बक्स भित्रबाट नै प्रहार गरेको रिबाउन्डमा विशाल बाधक बने ।
आठौं मिनेटमा एनआरटीका लाल्नुन्जामाले अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । रोहनले मिडफिल्डबाट द्रुत पास खेल्दै अफसाइड ट्रयाप बिट गरेपनि भारतीय फरवार्डले गोलरक्षक विशालविरुद्ध वन भर्सेस वनको स्थितिमा बललाई पोस्टको दिशा दिन सकेनन् ।
१६ औं मिनेटमा मच्छिन्द्रका पुजन उपरकोटीको फ्रिकिकमा एनआरटीका कप्तान विक्रम धिमालको फ्लिक गोलरक्षक पुजन होनाले मुस्किलले विफल पारे । २० औं मिनेटमा विमल घर्ती मगरको फ्रिकिक पोस्टभन्दा थोरै परबाट बाहिरियो ।
२८ औं मिनेटमा ओलावाले आफिजको प्रहार बाहिरिंदा मछिन्द्र अघि बढ्न सकेन । ३८ औं मिनेटमा विमल घर्ती मगरले पेनाल्टी क्षेत्रभित्र गोलरक्षकलाई बिट गरेपछि अन्तिम प्रहार गर्न खोज्दा गौरव श्रेष्ठले उत्कृष्ट ट्याकल गरे । उक्त ट्याकलले निम्त्याएको कर्नरमा भने मच्छिन्द्रले अग्रता लियो ।
३९ औं मिनेटमा करीमले दर्शनीय गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । प्रशान्त अवस्थीको कर्नरमा देवन्द्र तामाङको हेडर एनआरटीका जन्मेजयले क्लियर गरे । पेनाल्टी क्षेत्र बाहिर रहेका करीमले उक्त रिबाउन्डलाई पहिलो टचमै शक्तिशाली भलीमार्फत गोल गरे ।
यस्तै च्यासल मैदानमा जावलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दी क्लबविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । एनकोटो मासोबीले सुनिल खड्काको क्रसमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाए ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]