default_image

1 year ago

April 14, 2023

बेत्यानीलाई खुल्ला पुरुष फुटबल उपाधि

123 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – दुधपोखरी गाउँपालिका वडा नम्वर ६ को बेत्यानी युवा क्लबले तेस्रो संस्करणको खुल्ला सेभेन ‘ए’ साइड पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

राइनास नगरपालिका वडा नम्वर १ को बोराङखोला युथ क्लबलाई शुक्रबार सडन डेथमा १२–११ ले पराजित गर्दै बेत्यानीले उपाधि जित्न सफल भएको हो ।

राइनास नगरपालिका वडा नम्वर १० स्थित प्यारजुङको फुटबल ग्राउन्डमा निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको निर्धारित समय र थप गरिएको समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि बराबरीपछि खेल सडनडेथमा पुग्दा बेत्यानीले बाजी मार्यो ।

उपाधिसँगै बेत्यानीले ९० हजार रुपैयाँ, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको बोराङखोलाले ५० हजार रुपैयाँ, शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ ।

बेत्यानीका अनुराग जिसी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । बेत्यानीका किरण तामाङ सर्वाधिक गोलकर्ता भए । उनले प्रतियोगिताभर १० गोल गरे ।

बेत्यानीकै मनोज अधिकारी उत्कृष्ट गोलरक्षक तथा बोराङखोलाका विजय गुरुङ उत्कृष्ट डिफेन्डर चुनिदा प्यारजुङ युवा क्लब अनुशाषित टिम बन्यो । उनीहरु सबैले ट्रफीसँगै १ हजार रुपैयाँ प्राप्त गरे ।

विजयी खेलाडीलाई पहिलो प्रायोजन गर्ने गोविन्दमान घर्तीका बुवा दुर्गामान घर्ती, राइनास नगरपालिकाकी पुर्व उपमेयर धनकुमारी गुरुङ, राइनास नगरपालिका वडा नम्वर १० की महिला सदस्य दुर्गा माया गुरुङ, कृष्ण बहादुर गुरुङ, ठाकुर प्रसाद गुरुङ, हेमनाथ (हेमन्त) गुरुङ र क्लबका अध्यक्ष विशाल गुरुङलगायतले पुरस्कृत गरे ।

२५ चैतबाट शुरु भएको प्रतियोगितामा २२ टोलीले नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए । प्यारजुङ युवा क्लबले विगत ३ वर्षयता नयाँ वर्षको अवसर पारेर सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.