2 years ago
April 14, 2023
एजेन्सी – युइएफए युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले सफलता हात पार्दा रोमाले भने हार बेहोरेको छ ।
युभेन्ट्सले घरेलु मैदानमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई १–० ले पराजित गरेको हो । युभेन्ट्सको जितमा दोस्रो हाफमा फेडरिको गाट्टीले गरेको गोल नै निर्णायक बन्यो ।
एलिएन्ज स्टेडियम टुरिनमा बिहीबार राति भएको खेलमा फेडरिकोले ७३औं मिनेटमा गोल गर्न सफल भएका थिए । स्पोर्टिङ सिपीले घरेलु टोलीमाथि बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा पहिलो लेगमा पराजित हुन पुग्यो ।
यस जितसँगै युभेन्ट्सले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । २० अप्रिलमा स्पोर्टिङको मैदानमा हुने खेलमा यही नतिजा कायम राख्न सके युभेन्ट्स सेमिफाइनलमा पुग्नेछ । स्पोर्टिङलाई सेमिफाइनलमा पुग्न कम्तीमा २–० को जित आवश्यक छ ।
अर्काे खेलमा रोमा डच क्लब फियोनुर्डसँग १–० ले पराजित भएको छ । फियोनुर्डको जितमा माट्स वेइफेरले ५३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि ४३औं मिनेटमा रोमाले पेनाल्टी चुकाएको थियो ।
अर्काे खेलमा जर्मन क्लब बायर लिभरकुसन र बेल्जियम क्लब युनियन सेन्ट जिलोइसले १–१ गोलको बराबरी खेलेका छन् ।लिभरकुसनका फ्लोरिएन हृृत्जले गोल गर्दा युनियनका भिक्टरले बराबरी गोल फर्काए ।
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]